१० आश्विन २०७८, आईतवार

खरबपतिलाई प्रधानमन्त्री र अरबपतिलाई मन्त्री बनाउ टण्टै साफः जीवनबहादुर शाही



१९ साउन, सुर्खेत। नेपाली काँग्रेसका नेता एवम् कर्णाली प्रदेश विपक्षी दलका नेता जीवनबहादुर शाहीले खरबपतिलाई प्रधानमन्त्री र अरबपतिलाई मन्त्री बनाउ भनी सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा शाहीले भनेका छन्, ‘खरबपतिलाई प्रधानमन्त्री र अरबपतिलाई मन्त्री बनाउ टन्टै साफ । लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको लागि लड्ने, जीवन आहुति दिने त बेकुफ हुन् । जय जनता, जय नेपाल ।’

पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत भइसकेका शाहीले समकालिन राजनीतिप्रतिको वितृष्णा भएर यस खालको अभिव्यक्ति दिएका हुन सक्छन् । नत्र आफ्नै पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संघिय सरकार बनिरहेको अवस्थामा नेता शाहीको यस अभिव्यक्तिलाई वर्तमान सरकारको नेतृत्वप्रतिको असन्तुष्टिका रूपमा पनि बुझ्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको