२ कार्तिक २०७८, मंगलवार

कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न देउवाको ठाडो निर्देशन



१९ साउन, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई कार्यकारी निर्देशकका रूपमा नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई नियुक्त गर्न मन्त्री भुसाललाई निर्देशन दिएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

आजभन्दा करिव एक वर्षअघि घिसिङको कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । उनको काम सन्तोषजनक नभएको ठहर गरी देउवा सरकारले शाक्यलाई हटाउन खोजेको छ ।

दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका घिसिङले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको गरिमा बढाई प्रत्येक नेपालीको मनमनमा बस्ने सफल भएका थिए । उनको पुनर्नियुक्ति हुनुपर्ने भनी जनस्तरबाट व्यापक आवाज उठको भएता पनि ओली सरकारले नियुक्ति दिएको थिएन ।

घिसिङ तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा प्रवेश गरेका थिए । ओली सरकारबाट हटेसँगै प्राधिकरणमा फेरि कुलमान आउने चर्चा चलिरहेको बेला मंगलबार देउवाले ऊर्जामन्त्री भुसाललाई ठाडो निर्देशन नै दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको