डा. आरपी बिच्छा स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्त
१९ साउन, काठमाडौं । डा. जागेश्वर गौतमको सरुवापछि रिक्त स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त भएका छन् ।
डा. बिच्छालाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतले जनाएको छ ।
डा. बिच्छा कान्ति बाल अस्पतालमा निर्देशक पदमा कार्यरत थिए ।
यसअघि सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको सरुवा गरेको थियो । डा. गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइएको छ भने युनिफाइड केन्द्रीय अस्पतालमा डा. भुपेन्द्र बस्नेतलाई पठाइएको छ ।