१० आश्विन २०७८, आईतवार

काठमाडौंमा सभा, सम्मेलन र जुलुस नगर्न प्रशासनको आग्रह



१९ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा सभा, सम्मेलन र जुलुस नगर्न आग्रह गरेको छ । पछिल्लो समय भीडभाडजन्य क्रियाकलाप बढेकाले कोरोना संक्रमण बढ्न सक्ने भन्दै यस्ता गतिविधि नगर्न प्रशासनले आग्रह गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जारी गरेको एक सूचनामा कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्याली जस्ता गतिविधि भइरहेको बताइएको छ ।

यस्ता गतिविधिले कोरोना संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरीत यस्ता गतिविधि नगर्न नहुने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

प्रशासन कार्यालयको सूचनामा भनिएको छ, ‘जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको