१० आश्विन २०७८, आईतवार

दिल्लीमा औषधि सेवनबाट दुई नेपाली बालबालिकाको मृत्यु




१९ साउन, दिल्ली । भारतको नयाँदिल्लीमा अस्पतालले दिएको औषधि सेवनबाट दुई नेपाली बालबालिकाको मृत्यु भएको छ । बाजुराको बुढीगंगा नगरपालिका घर भएका मनबहादुरका ६ वर्षीया छोरी र तीन वर्षीय छोराको आइतबार राति मृत्यु भएको हो ।

दिल्लीको सालिमारबाग क्षेत्रमा रहेको एक मेडिकलले दिएको औषधि सेवन गरेपछि दिदीभाइको मृत्यु भएको अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले जानकारी दिए ।

‘दिदीभाइ बिरामी भएपछि उपचारका लागि मेडिकलमा लगिएको थियो, मेडिकलले दिएको औषधि सेवन गरेपछि उनीहरुको मृत्यु भएको हो’ उनले भने,‘दिदीभाइको मृत्यु भएपछि मेडिकलविरुद्ध दिल्ली प्रहरीमा उजुरी दर्ता भएको छ ।’

बालबालिकाको मृत्यु औषधि सेवनकै कारणले भएको या अन्य कारणले हो भन्ने बारे शव परीक्षण भइरहेको उनले बताए । घट्नापछि मेडिकल संचालक फरार छन् भने प्रहरीले मेडिकल नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको