२ कार्तिक २०७८, मंगलवार

म्यानमारको सैन्य नेतृत्वद्वारा आफैलाई प्रधानमन्त्री घोषणा



१९ साउन काठमाडौं । म्यान्मारको सैन्य प्रमुख मिन आङ हलिङले आफैँलाई प्रधानमन्त्री घोषणा गर्दै संकटकाल दुइ वर्ष लम्ब्याएका  छन्‌ ।एक टेलिभिजन च्यानलमार्फत् उनले आफैँलाई प्रधानमन्त्री घोषणा गरेका हुन् । ६ महिना अगि शासन सत्ता आफ्नो हातमा लिँदा उनले छ महिनाभित्र निर्वाचन गर्ने समय सीमा बताएता पनि यस पटकको घोषणामा सन् २०२३को अगस्तसम्ममा संसदीय निर्वाचन गर्ने बताएका छन् ।

म्यान्मार सैन्य शासकले ६ महिनाअघि आङ सान सुकीलाई कोरोना महामारीलाई वेवास्था गरेको र अवैध वाकिटकि खरिद गरेको जस्ता आरोप लगाइ  उनलाई फेब्रअरी १ देखि हिरासतमा राखिएको छ ।

सैनिक नेतृत्व निर्वाचन गर्ने समय सीमा दुइ वर्षका लागि सारेपछि आन्दोलनरत दलहरू आश्वस्त हुन सकेको छैनन् । टेलिभिजन सम्बोधनमा हलिङले कुनै पनि हालतमा तोकिएको समयमा बहुदलीय निर्वाचन गर्ने प्रतिवद्धता व्यक्त भने गरेका छन् ।

म्यान्मारमा लागु भएको सैन्य शासनका कारण नागरिक आन्दोदनका अगुवाहरूलाई देश निकालf गरिएको छ भने विपक्षी दलहरू आन्दोलनमा होमिएका छन् । सेना र आन्दोलनकारी बीच हालसम्म भएका झडपहरूमा करिव ९०० भन्दा बढी मानिसहरूको मृत्यू भइसकेको छ ।

कोरोना कहरका बीचमा सैन्य सरकार र विपक्षी बीच भएको मुठभेटले म्यान्मार संकटमा फस्दै गएको छ ।

पूर्व सत्ताधारी दल एनएलडी र सैनिक सरकार विरोधी सँगै चिकित्साकर्मी र कर्मचारी  पनि निर्वाचित सरकारका पक्षमा उभिदा अस्पताल र सरकारी कार्यालयहरू समेतमा नियमित सेवाहरू चल्न सकेका छैनन् । महामारी र आन्दोलनका कारण म्यानमारको अर्थव्यवस्था १८ प्रतिशतसम्म संकुचन हुने अनुमान गरिएको छ ।

सैन्य सरकारको प्रतिवद्धता भ्रमपूर्ण भएको भन्दै देश भर साना ठूला प्रदर्शनहरू भएका छन् ।

सैनिक प्रशासनद्दारा नियुक्त गरेको निर्वाचन आयोगलेले गत हप्ता हजारौं अनियमितताका उदाहरणहरू भेटिएको दाबी गरेको छ भने एनएलडीले सन् २०२० को मतदानमा आफूलाई समर्थन बढेको कारण निर्वाचनमा दुई तिहाई सीट जित्न सफल भएको दाबी गरेको छ । सन् २०२० को स्वतन्त्र निर्वाचन अनुगमन समूहका लागि एसियाली सञ्जालले गरेको सर्वेक्षणको प्रतिवेदनले भने एनएलडीलाई ल्यान्ड स्लाइड भिक्ट्री मिलेको जनाएको छ । (स्रोतः एजेन्सीहरू) ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको