१० आश्विन २०७८, आईतवार

सुरक्षाकर्मी बाहेक अन्य सरकारी सेवा सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा



१९ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीको हैसियतमा पाइने सुरक्षाकर्मी बाहेक सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । श्रेष्ठले राज्यमन्त्री भएको १० दिन पछि आज पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘सरकारले दिने सुरक्षाकर्मी बाहेक तलब भत्ता, आवास सुविधालगायतका कुनै पनि सुविधा लिदैन ।’ उनले स्वास्थ्य मन्त्रालयसँग स्वार्थ बाँझिने कुनै पनि निकायमा आफ्नो आवद्धता नरहने समेत पनि जानकारी दिए ।

राज्यमन्त्री श्रेष्ठले मन्त्री भएपछि आफूले नेतृत्व गरेका स्वास्थ्य संस्थाहरूमा कानुनी रूपमा नै जिम्मेवारीबाट अलग भइसकेको समेत बताए । उनले अस्पतालहरू खोलेको र स्वार्थ बाझिने भन्दै नियुक्त हुनासाथ विभिन्न माध्यमबाट विरोध समेत भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको