२ कार्तिक २०७८, मंगलवार

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी




१९ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज भेटवार्ताको तयारी भएको छ । पार्टी विवाद मिलाउने प्रयासस्वरूप अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी भएको हो ।

तर समय र स्थान तय भइनसकेको नेता सुवास नेम्वाङले जनाएका छन् ।

नेपाललाई पार्टीमा स्थान नरहेको दोहोर्‍याउँदै आएका ओली र समान हैसियतबिना एकता असम्भव भएको बताउँदै आएका दुई नेतालाई दोस्रो तहका नेताले भेटवार्ताका लागि बारम्बार दबाब दिँदै आएका थिए ।

पछिल्लो समय नेता नेम्वाङ, उपमहासचिव बिष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले दुबै नेताको भेटघाटको वातावरण बनाउन सक्रिय थिए ।

कार्यदलले बनाएको १० बुँदे सहमतिलाई हेरफेर आवश्यक भए त्यसलाई परिमार्जन गरेरै भए पनि पार्टी एक ढिक्का भएको सन्देश दिन ओली र नेपाललाई दोस्रो तहका नेताहरुको दबाब छ ।

०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ०७५ जेठ २ अघिको अवस्थाबाट पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल पक्ष संघर्षरत छ ।

आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउँदा पनि कार्यदलमा भएको १० बुँदे सहमतिबमोजिम पार्टी अघि बढाउँदा सहमतिमा नआएको भन्दै नेपालसँग संस्थापन पक्ष सकारात्मक छैन ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको