१० आश्विन २०७८, आईतवार

मेरो गाउँ, गगन काका र गुजरात


थिरबहादुर थापा
१९ श्रावण २०७८, मंगलवार

कर्नाली दराको कुनै गुमनाम पहाडी कन्दरामा पर्छ मेरो गाउँ । उत्तरतिर मा…थि कालिकोटको सिमाक्षेत्रमा अवस्थित महाभारत टाकुराबाट मेरो गाउँ हुदै दक्षिणतिर फालहाल्ने छामगाड खोलो र अलि त…ल चुप्रा बजारमा त्यसैसँग ठ्याक्क मिसिन आइपुग्ने उत्तरपुर्वतिरको लोहोरे खोलाको काखकाखै दख्खिनतिर लाग्यो भने करिब एक सवा एक दिनको पैदल यात्रामा हालको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत भनि चिनिने एउटा अच्चमै सँग होहल्ला बढ्दै गयको मझौला काटीको सहर भेट्न् सकिन्छ। आज भोलि सो क्षेत्रतिर घाच्चघुच्च चल्ने दिवा सेवाका बस वा जिपहरूमा राम्रै भाडा तिर्ने हो भने झुन्डिएर,अचेटियर वा अक्करियर ६–७ घन्टामा पनि सो यात्रा खलास गर्न सकिन्छ। वीरेन्द्रनगरको छातीमै बसपार्क नजिक सानोतिनो होटेल चलाउँछ्न मेरै गाउँका गगन काका । मेरा गाउँका मान्छेहरू बाक्लै आउजाउ गर्ने सो होटलमा गगनकाकाले भातपानी र आवासको सस्तो सुलभ व्यवस्था मिलाएका छन । उधारो पधारो समेत चल्ने भयकाले काकाकोमा अलि बढी नै मान्छे गएको देखिन्छ । फेरि मुग्लान तिर लाग्ने कसैलाई अभर पर्दा बाटो खर्च समेत पाउछ काकाबाट । वीरेन्द्रनगर स्थित गगन काकाको होटेलदेखि सिधै दख्खिन सोझियो भने नेपालगञ्ज, त्यस पछि भारतिय सिमानाका जमुनिया अनि यात्रा नथाम्ने हो भने कयौं कोशको दुरिमा पुग्न सकिन्छ ईन्डियाको गुजरात । मेरो गाउँबाट प्रतिदिन एक लर्को मान्छे दख्खिन हानिन्छ, गगन काकाको होटेलमा भात खान्छ र एक बास बस्छ अनि अर्कोदिन जमुनिय नाका काटेर रेलको चलु डिब्बा भित्र उङ्दै र हाई काडदै २ रात एक दिन पछि पुग्छ सपनाको मोदि नगर गुजरातको अहम्दावाद, मेरो गाउँ , गगन काका र गुजरातको त्रिकोणात्मक सम्बन्ध चाहिँ बढा ऐतिहासिक, मार्मिक र रोचक समेत पो छ त !

एस.एल.सि. को परीक्षा दिई परिणाम कुरि बसेका तर पासै भइहाल्ने विश्वास खासै नभयका मेरा गाउँका युवाहरूको ठुलो जमातले धेरै पहिलेदेखि लगाउने सामुहिक नारा हो ‘पास भय जिन्दाबाद नतर अहमदाबाद’ ।

एस.एल.सि. को परीक्षा दिई परिणाम कुरि बसेका तर पासै भइहाल्ने विश्वास खासै नभयका मेरा गाउँका युवाहरूको ठुलो जमातले धेरै पहिलेदेखि लगाउने सामुहिक नारा हो ‘पास भय जिन्दाबाद नतर अहमदाबाद’ । अहमदाबाद गुजरात राज्यको विकसित सहर जो हो । युवा जमातको यो नारा पछिल्लो लगभग २५–३० बर्षदेखि यतामात्र व्यापक रूपले घन्केको हो । सो पूर्ब गाउँका बेरोजगार परिवारहरूको रोजिरोटी ‘सिम्ला स्याउ अल्मोडा आलु हल्दुआनि केला भागिनिले क्या भाग हालिन म जन्मनि बेला’ जस्ता गिति सुस्केरासँगै तुलनात्मक रुपले नजिक रहेका भारतका नैनिताल, अल्मोडा , हल्दुआनि, चौखुट्टे, सिम्ला तिर बोझा बोक्ने, चौकिदारी गर्ने, सडक खन्ने, स्याउ टिप्ने गाउँलेहरुबाट चलेको हो ।

वीरेन्द्रनगर केन्द्रित मेरै गाउँका जागिरदारे, नेता, कार्यकर्ता, ठेक्कापट्टावाला, बन्दब्यापारी, अन्य देश बिदेशबाट बाटो पारि आउने, स्थायी बेरोजगार सबै सबै काकाको होटेलमा जम्मा भयर फरक फरक समयमा नानाथरि विषयमा गफ चुट्दै गरेका भेटिन्छन् । आजको गफगाफमा काका भन्दै थिय ‘हिजो मात्रै ४० गए, आज ६३ छ्न ।’ ७ दिन यता ३०० हाराहारि मेरा गाउँका बेरोजगार गुजराततिर हानिएछ्न ।

राजाको ‘गाउ फर्क रास्ट्रिय अभियान’ लागु भइरहदा फाट्टफुट्ट सिम्लातिर स्याउ टिप्न ,अल्मोडा तिर आलु खन्न अनि हल्दुआनि तिर केरा बोक्न र चौखुटे तिर बोझा उठाउन जाने मेरा गाउँका बेरोजगारहरू को संख्या काङ्ग्रेसको ‘गरिवसँग विश्वेश्वर’ भन्ने उदारवादी विकासे अभियानसँगै दोब्बर भयर कम्युनिस्टको ‘आफ्नो गाउँ आफै बनाउ’ भन्ने नव उदारवादी विकासे मोडेलसँगै तेब्बर हुँदै आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समाजवादी आर्थिक विकासको अपूर्व नीतिसँगै शत प्रतिशत पुग्न सफल भएको छ । अर्को खास्साको कुरा, बोझा बोक्ने पुरानो कार्य संस्कृति आधुनिक मोदि सहर गुजरातका चमक्क चम्किला होटेल रेस्टुरेण्टका किचनभित्रको चाइनिज, ईन्डियन, कन्टिनेनटल रेसिपि र अथिति सत्कारमा रूपान्तरित भयको छ ।

राजाको ‘गाउ फर्क रास्ट्रिय अभियान’ लागु भइरहदा फाट्टफुट्ट सिम्लातिर स्याउ टिप्न ,अल्मोडा तिर आलु खन्न अनि हल्दुआनि तिर केरा बोक्न र चौखुटे तिर बोझा उठाउन जाने मेरा गाउँका बेरोजगारहरू को संख्या काङ्ग्रेसको ‘गरिवसँग विश्वेश्वर’ भन्ने उदारवादी विकासे अभियानसँगै दोब्बर भयर कम्युनिस्टको ‘आफ्नो गाउँ आफै बनाउ’ भन्ने नव उदारवादी विकासे मोडेलसँगै तेब्बर हुँदै आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समाजवादी आर्थिक विकासको अपूर्व नीतिसँगै शत प्रतिशत पुग्न सफल भएको छ । अर्को खास्साको कुरा, बोझा बोक्ने पुरानो कार्य संस्कृति आधुनिक मोदि सहर गुजरातका चमक्क चम्किला होटेल रेस्टुरेण्टका किचनभित्रको चाइनिज, ईन्डियन, कन्टिनेनटल रेसिपि र अथिति सत्कारमा रूपान्तरित भयको छ । परिणामतः के देखियको छ भने बोझा बोक्ने कार्य संस्कृतिमा जुन प्रकारका धैलामैला गाउँलेहरू सिम्लातिर जान्थे केहि महिना वा बर्षपछि त्यहि स्वरुपमा हटारु भयर फर्किन्थे तर अहिले जुनै प्रकारका धैला मैला गाउँलेहरु गुजरात गएपनि केहि महिना वा बर्षपछि फर्किदा सुकिला मुकिला प्रवासी भएर फर्किन्छन भलै केहि दिन पछि फेरि जमुनिया नाका तिर लाग्दा पहिलेझै धैला मैला किन नहुन।

गगन काकाको होटेलबाट आज बिहानमात्रै गाउँको समाचार विशेष पछिल्लो अपडेट अनुसार आर्थिक बर्ष २०७८ को रोपाइ समापन पश्चात लगभग सबै जसो के बालक, के युवा, के बयस्क गुजरात तिर लागी सकेछन् । गाउँ सुन्य पारेर ! धन्न ! गुजरात को अहमदाबाद छ र त मेरा गाउँको बेरोजगारीको काइदासँग सम्बोधन भएको छ । बाट्टामै गगन काका छन् र त गुजरातसम्मको यात्रा तय गर्न सुविस्था छ। गगन काका र गुजरात नभएको भए मेरो गाउँको मौलिक समस्यालाई लिएर यो देशको संघीय गणतान्त्रिक सरकार आरामले सुत्दो हो कि नसुत्दो हो ?!!!

गगन काकाको होटेलबाट आज बिहानमात्रै गाउँको समाचार विशेष पछिल्लो अपडेट अनुसार आर्थिक बर्ष २०७८ को रोपाइ समापन पश्चात लगभग सबै जसो के बालक, के युवा, के बयस्क गुजरात तिर लागी सकेछन् । गाउँ सुन्य पारेर !

धन्न ! गुजरात को अहमदाबाद छ र त मेरा गाउँको बेरोजगारीको काइदासँग सम्बोधन भएको छ ।

बाट्टामै गगन काका छन् र त गुजरातसम्मको यात्रा तय गर्न सुविस्था छ।

गगन काका र गुजरात नभएको भए मेरो गाउँको मौलिक समस्यालाई लिएर यो देशको संघीय गणतान्त्रिक सरकार आरामले सुत्दो हो कि नसुत्दो हो ?!!!


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको