३१ आश्विन २०७८, आईतवार

टोकियो ओलम्पिकः ६२ पदक सहित चिनको अग्र स्थान कायमै



१८ साउन, जापान । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ६२ पदकसहित शीर्ष स्थानमा रहेको छ । चीन २९ स्वर्ण, १७ रजत र १६ कास्य गरी ६२ पदकसहित प्रथम स्थान कायम नै राखेको छ ।

त्यस्तै अमेरिकाले २२ स्वर्ण, २५ रजत र १७ कास्य पदक सहित ६४ पदक सहित चीनलाई पछ्याइरहेको छ । कुल पदक सख्यामा अमेरिकाको बढि भएता पनि स्वर्ण पदक संख्यामा भने अमेरीकाको भन्दा चीनले ७ वटा बढि पदक जितेको छ ।

आयोजक राष्ट्र जापान १७ स्वर्ण, ६ रजत र १० कास्य पदकसहित ३३ पदक प्राप्त गरी तेस्रो स्थानमा रहेको छ । त्यस्तै अष्ट्रेलिया १४ स्वर्ण, ४ रजत र १५ कास्य सहित चौथो तथा रसिया १२ स्वर्ण, २१ रजत र १७ कास्य पदकसहित पाचौं स्थानमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको