३१ आश्विन २०७८, आईतवार

कर्णालीमा एमालेका ४ सांसद पदमुक्त भएपछि एमालेलाई घाटा, सरकार पक्षलाई फाइदा




१८ साउन, सुर्खेत । नेकपा (एमाले) का ४ सांसद पदमुक्त भएसँगै कर्णालीमा माओवादी–कांग्रेसबीचको सत्ता समीकरण थप बलियो भएको छ । अब महेन्द्रबहादुर शाहीले नेतृत्व गरेको गठबन्धन सरकार स्पष्ट बहुमतमा पुगेको छ ।

नेकपा (एमाले) का ४ सांसद सर्वोच्चले पदमुक्त गरेपछि विपक्षीमा रहेको एमाले संसदीय अंक गणितमा घाटा भएको छ भने सरकार पक्षलाई फाइदा भएको छ । संसदीय अंक गणितमा बहुमतका रहेको एमाले चार सांसद मुक्त भएपछि बहुमत पुग्न पुगेको छ ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका २० सांसदसहित स्पष्ट बहुमतमा रहेको थियो । २० मध्ये ४ सांसदहरुलाई पदमुक्त भएपछि एमालेका कर्णाली प्रदेशसभामा १६ सांसद रहेका छन् । माओवादी केन्द्रमा १३ मध्ये एक धर्मराज रेग्मी यस अघि नै माओवादी केन्द्रले सांसद पदबाट हटाएको छ । कर्णाली प्रदेशसभामा माओवादीका १२ नेपाली कांग्रेसका ६ र राप्रपाका एक जना सांसद रहेका छन् । एमालेका ४ जना सांसद पदमुक्त भएपछि कर्णालीमा माओवादी–कांग्रेसबीचको सत्ता समीकरण थप बलियो भएको छ । कांगे्रसका ६ माओवादीका १२ जोड्दा सत्ता समिकरणमा १८ सांसद हुन पुगेका छन् भने विपक्षीमा एमालेका १६ र राप्रपाका १ जना गरेर १७ सांसद रहेका छन् ।

सोमबार सर्वोच्च अदालतले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पदमुक्त गर्ने एमालेको निर्णयलाई अन्तरिम आदेशबाट मान्यता दिएपछि यस्तो अवस्था आएको हो ।

सर्वोच्चको आदेशपछि ४० सदस्यीय कर्णाली प्रदेश सभा अब ३५ मा झरेको छ


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको