१० आश्विन २०७८, आईतवार

भदौ पहिलो सातादेखि नयाँ व्यवस्थाअनुसार लाइसेन्स ट्रायल खुलाउने तयारीे



१८ साउन, काठमाडौं । यातायात व्यवस्था विभागले निषेधाज्ञाका कारण स्थगित सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल भदौ पहिलो सातादेखि खुलाउने तयारी गरेको छ ।

कोरोना महामारी जोखिम कम हुँदै गए भदौको पहिलो सातादेखि ट्रायल खुलाउने तयारी गरिएको विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

महानिर्देशक घिमिरेका अनुसार ट्रायल तथा लिखित परीक्षा नयाँ व्यवस्थाअनुसार लागू हनेछ भने अगाडि नै लिखित परीक्षा दिएर बसेकाहरूको हकमा पुरानै व्यवस्था लागू हुने छ ।

लाइसेन्सका लागि यातायात व्यवस्था विभागले लिखित तथा ट्रायल परीक्षाको नयाँ व्यवस्था सार्वजनिक गरिसकेको छ । लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ (वर्ग ‘क’, ‘ट’ (एरके) मोटरसाइकल÷स्कुटर÷मोपेड र वर्ग ‘ख’ (बी) कार÷जीप, डेलिभरी भ्यानका लागि २०७७ चैत १९ गते स्वीकृत भएको थियो ।

सो कार्यविधि निर्देशिका २०७८ जेठ १ गतेदेखि लागू भए पनि कोरोना महामारीका कारण ट्रायल तथा लिखित परीक्षा हुन नसकेपछि कार्यान्वयनमा भने आउन सकेको छैन ।

निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन् । निर्देशिकाले परीक्षार्थीले आफ्नै सवारी प्रयोग गर्न सक्ने व्यवस्था समेत गरेको छ । ‘प्रयोगात्मक परीक्षामा सहभागी हुने परीक्षार्थीले परीक्षा दिन आफैंले सवारी साधन व्यवस्था गर्न सक्नेछन् ।

यसअघि कार्यालयले तोकेका र उपलब्ध गराएका सवारी मात्रै प्रयोग गर्न पाउने व्यवस्था थियो । नयाँ व्यवस्था लागु भएमा परिक्षार्थीलाई ट्रायल दिन धेरै हदसम्म सहज हुने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको