५ कार्तिक २०७८, शुक्रबार

सर्वोच्चको आदेशः फ्लोर क्रस गर्ने कर्णालीका चार एमाले सांसद पदमुक्त



१८ साउन, काठमाडौं । पार्टीको ह्वीपविपरीतफ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएका चार एमाले सांसद पदमुक्त भएका छन् ।

सर्वोच्च अदालतले एमालेले गरेको कारबाही सदर हुने आदेश दिएपछि चार सांसदको पद स्वत गुमेको हो ।

सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले उक्त आदेश दिएको हो ।

फैसलासँगै प्रदेश सभासदस्यहरू प्रकाश ज्वाला, अम्बरबहादुर थापा कुर्मराज शाही र नन्द सिंह बुढाको सांसद पद गएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको