२ कार्तिक २०७८, मंगलवार

यौन कार्यमा लगाएको आरोपमा पोखराबाट २ जना पक्राउ



१८ साउन, कास्की । महिला युवतीलाई राम्रो काममा लगाइदिने प्रलोभन देखाई यौन कार्यमा लगाएको आरोपमा प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा अमरसिंह चोकस्थित एसके खाजाघर सञ्चालन गर्दै आएका ५३ वर्षीया सोनाम गुरुङ र पोखरा रिठ्ठेपानी बस्ने ३२ वर्षीय रोशन गुरुङ छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालका अनुसार खाजाघर सञ्चालन गर्दै आएका उनीहरुले राम्रो काममा लगाइ दिने प्रलोभन देखाएर तथा महिलाहरुलाई डर त्रास देखाएर यौन कार्यमा लगाएको आरोपमा पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसार पसार मुद्दामा अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको