२१ जेष्ठ २०८०, आईतवार

नेकपा युवा नेता रत्न खत्रीलाई काेराेना सङ्क्रमण



१९ भाद्र, काठमाडौं । बाँकेमा कोरोना विरुद्धको अभियानमा सक्रियतापूर्वक खटिएका नेकपाका युवा नेता रत्न खत्रीलाई काेराेना पाेजेटिभ देखिएकाे छ। भाइरसका केहि लक्षण नदेखिएका युवा नेता खत्रीलाई शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

नेकपाका नेता खत्री व्यक्तिगत रूपमा कोरोना नियन्त्रणको अभियानमा सक्रिय रहँदै आएका थिए । नेकपा जिल्ला कमिटी बाँकेले उनलाई खजुरा गाउँपालिकाको फोकल पर्शनका रूपमा जिम्मेवारी दिएकाे थियाे ।

उनले काेराेनालाई आफूले जित्नसक्ने आत्मविश्वासका साथ फेसबुकमा स्टाटस पाेष्ट गरेका छन् । उनीसँग कुरा हुँदा आफ्नाे स्वास्थ्य सामान्य रहेकाे र अहिले हाेटलमा आइशाेलेशनमा बसिरहेकाे जानकारी दिएका छन् ।

खत्रीले कोरोना जसलाई पनि हुन सक्ने भएकोले सावधानी अपनाउन आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको