३१ आश्विन २०७८, आईतवार

पछिल्लो २४ घण्टामा थप २,५६८ जना कोरोना संक्रमित, १८ जनाको मृत्‍यु



१७ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा संक्रमण पुष्टि बताइएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ भने २०२० जनाको संक्रमणमुक्त भएका छन्।

आइतबार थपिएकासँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ । हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ भने ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ जना रहेको छ । जसमध्ये २८ हजार ६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २३५ जना आइसोलेसनमा रहेका छन् । संक्रमितहरूमध्ये ६७७ जना आईसीयू र १६९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै १० वर्ष मुनिका ६० बालबालिकामा कोरोना स‍ंक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५६ जनालाई पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको