टोकियो ओलम्पिकः ५१ पदक सहित चिन अग्र स्थानमा
१७ साउन, जापान । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ५१ पदकसहित शीर्ष स्थानमा रहेको छ । चीन २४ स्वर्ण, १४ रजत र १३ कास्य गरी ५१ पदकसहित प्रथम स्थानमा रहेको हो ।
अमेरिकाले २० स्वर्ण, २३ रजत र १६ कास्य पदक सहित ५९ पदक सहित चीनलाई पछ्याइरहेको छ । कुल पदक सख्यामा अमेरिकाको बढि भएता पनि स्वर्ण पदक संख्यामा भने अमेरीकाको भन्दा चीनको ४ वटा बढि पदक छन् ।
आयोजक राष्ट्र जापान १७ स्वर्ण, ५ रजत र ९ कास्य पदकसहित ३१ पदक प्राप्त गरी तेस्रो स्थानमा रहेको छ । त्यस्तै अष्ट्रेलिया १४ स्वर्ण, ३ रजत र १४ कास्य सहित चौथो तथा रसिया १२ स्वर्ण, १९ रजत र १३ कास्य पदकसहित पाचौं स्थानमा रहेका छन् ।