३१ आश्विन २०७८, आईतवार

माधव समुह सरकारमा आउने सम्भावना टर्यो, हामी पनि एमाले नफुटोस् भन्ने चाहन्छौँः प्रचण्ड



१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको माधव नेपाल–झलनाथ खनाल समूह तत्काल गठबन्धनको सरकारमा सहभागी हुने सम्भावना टरेको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा सदस्यहरूलाई ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले एमालेको नेपाल–खनाल समुह संस्थागत रूपमा सरकारमा सहभागी हुने सम्भावना नरहेको बताएका हुन् ।

‘प्रचण्डले बैठकमा गरेको ब्रिफिङ उद्धृत गर्दै अब तत्काल नेपाल–खनाल समह सरकारमा नआउने भएपछि मन्त्रिमण्डललाई पूर्णता दिएर अघि बढ्नुको विकल्प छैन भने ।

प्रचण्डले बैठकमा आफूले माधव नेपाललाई सरकारमा सहभागी हुन गरेको आग्रहका सन्दर्भमा नेपालले संस्थागत रूपमा सहभागी हुन नसक्ने जवाफ दिएको बताएका थिए ।

प्रचण्डले भने, ‘एमाले एकताको प्रयास भइरहेको छ । माधवजी त्यसमा पनि लागिरहनु भएको छ । हामी पनि एमाले नफुटोस् भन्ने चाहन्छौँ । एमाले फुट्दा कम्युनिस्ट आन्दोलनलाई पनि केही न केही क्षति हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको