३ कार्तिक २०७८, बुधबार

अनुगमनमा व्यस्त कर्णालीका भौतिक मन्त्री थापा





१७ साउन, सुर्खेत । कर्णाली प्रदेशका भौतिक पुर्वाधार तथा सहकारी मन्त्री अम्मर बहादुर थापा अनुगमनमा व्यस्त छन् । शनिवारको दिनलाई समेत सदुपयोग गर्दै उनी सुर्खेतको पूर्वि भुभाग सिम्तामा प्रदेश सरकारबाट निर्मित भौतिक संरचनाको स्थलगल अनुगमन तथा निरिक्षण गरेका हुन ।

मन्त्री थापाको आगमनमा राकममा स्थानिय जनताद्वारा हर्सोल्लोसका साथ भव्य स्वागत गरेका छन् । छोटो समयका बावजुत राकम, बजेडिचौर, काफलकोटका भैरहेका र सम्पन्न योजनाहरूको अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्री थापाले भानु मावि, नेपाल राष्ट्रिय मावि, देउली लापु, सिर्पा देउलि काफलकोट सडक, जितेजुवा पाठोकाट्ना–काफलकोट सडकको स्थालगत अनुगमन गरेका छन् ।

थापाले आफ्नो भनाई राख्दा आफ्ना पुराना साथि ऋषि शर्मालाई सम्झँदा भावुक भएका थिए । उनले ऋषिको जन्मथलोमा पुगेर ऋषि शर्माको सपना साकार गर्ने कसरत गरिरहने उद्घोष गरे ।

मन्त्री थापाले भने, ‘भौतिक रूपमा ऋषि हामी बिच नभएपनि ऋषिका लागि जनताले प्रत्यक्ष अनुभूति गर्ने गरि केही असल काम गरेर देखाउने प्रण गर्दछु ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको