५ कार्तिक २०७८, शुक्रबार

पियारीका गायक जोसेफ र धर्मेन्द्रको युगल गीत ‘जिन्दगीले घुमायो’ सार्वजनिक (भिडियो)



१७ असार, काठमाडौं । युवा गायक जोसेफ शाही ठकुरी र भ्वोइस अफ नेपालका बहुचर्चित प्रतिस्पर्धी धर्मेन्द्र सुनारको युगल गायनमा ‘जिन्दगीले घुमायो’ बोलको गीत सार्वजनिक भएको छ । जोसेफ शाही अफिसियल युट्युव च्यानलबाट आज (आइतबार) गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सर्वश्व गुमाएर पनि जिउने आत्मबल नगुमाएको एक्लो पात्रको कहाँनी समेटिएको गीतको शब्द गायक जोसेफले नै लेखेका हुन् । गीतमा करणराज कार्कीको संगीत र देबेश राइको संगीत संयोजन छ । ए वन म्युजिसियन स्टडीयोमा रेकर्ड गरिएको गीतको ध्वनी सम्पादन भने किशोर थापाले गरेका हुन् ।

गीतको भिडियोमा रत्न डंगोल, राजिन आचार्य, रामबाबु रेग्मी र रचना गौतमको मनछुने अभिनय हेर्न सकिन्छ । बसन्त कुँवरको छायाँकन, बलभद्र कुँवरको सम्पादन रहेको गीतको भिडियोमा श्याम कुँवरको रङ्ग संयोजन रहेको छ । सिम भन्ज्याङ्गका विभिन्न स्थानहरूमा छायाँकन गरिएको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् ।

पछिल्लो समय सर्वप्रिय बनेको ‘पियारी’ गीतका गायक जोसेफ र धर्मेन्द्रको यो पहिलो सहकार्य हो । रियालीटी गायन प्रतिष्पर्धा भ्वाइस अफ नेपाल सिजन–३ को ब्लाइण्ड राउण्डमा पियारी गीत गाएर धर्मेन्द्रले चारवटै निर्णायक र लाखौँ दर्शकको मन जित्न सफल भएका थिए ।

गीतको भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको