१० आश्विन २०७८, आईतवार

म अनि वाइक


भुपेन्द्र शाही
१७ श्रावण २०७८, आईतवार

पन्ध्र वर्षको उमेरमा सुर्खेत झर्दा पहिलोपटक साईकल देखेको म दुई पाङ्ग्रे लिखुरे साईकल माथि ठुलो भिमकाय ज्यान भएको मान्छे चढेर टिङटिङ घण्टी वजाउँदै गुडेको देखेर आश्चार्य चकित भएको थिए । पछि पछि म आफै साईकल सिक्न थाले। साईकल सिक्दा उछिट्टिएर कतिपटक माछा झैं पछारिए । कतिपटक साईकलवाट उछिट्टिएर जमिनमा घसारिँदा हात खुट्टाका छाला खोस्रिएर रगत बग्यो । साईकलको पाइडिल हान्दा चेनमा रगाडिएर गोलिगाँठा मुनिको छाला खुईलियो । एक पटक त ग्राभेल गरेको रोढिमा चिप्लिएर घुँडानेर जिन्स पाईन्ट नै च्यातियो । अर्को पटक एक जना साथीलाई पछाडि राखेर साईकल हाक्दा रोडमा अगाडि वनाएको माटाको व्यारिएरमा उछिट्टिएर सम्वेदनशिल ठाउँमा चोट लाग्दा मैले पहिलो पटक तोरीको फूल देखेको थिए । साईकल एक ठाउँमा थियो । म एक ठाउँमा थिए भने साथी अर्कै ठाउँमा थियो ।

वीरेन्द्रनगर बजारमा सात रूपैयाँ प्रति घण्टा भाँडामा साईकल पाइन्थ्यो । हामी दुई घण्टा भित्र साईकलमा लाटिकोईली काँक्रेविहार पुगेर फर्किन्थ्यौ। साईकललाई कष्टपूर्ण तरिकाले सिके पनि मैले मोटरसाइकल सिकौंला र चढेर हिडौंला भनेर कल्पना गरेको थिइन । मेरो लागि वाइक वाघ थियो । वाघको ढाडमा बसेर वाघकै कान निमोठनु मेरा लागि असम्भव थियो ।

त्यतिखेर वीरेन्द्रनगर बजारमा सात रूपैयाँ प्रति घण्टा भाँडामा साईकल पाइन्थ्यो । हामी दुई घण्टा भित्र साईकलमा लाटिकोईली काँक्रेविहार पुगेर फर्किन्थ्यौ। साईकललाई कष्टपूर्ण तरिकाले सिके पनि मैले मोटरसाइकल सिकौंला र चढेर हिडौंला भनेर कल्पना गरेको थिइन । मेरो लागि वाइक वाघ थियो । वाघको ढाडमा बसेर वाघकै कान निमोठनु मेरा लागि असम्भव थियो । तर एक दिन यस्तो समय आयो । घर नजिकैबाट मोटर बाटो खनियो । पहिले दुई खुट्टे र चार खुट्टे हिँड्ने ठाउँमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे हिड्न थाले।

पहिले सुइसुइति हिडेको गोरेटो बाटो मोटरबाटोमा रुपान्तरण भएको देख्दा हिड्ने जाँगर लाग्न छाड्य‍ो । पन्ध्र वर्षको उमेरमा साईकल देखेको म तीस वर्षको उमेरमा मोटरसाइकल किन्ने योजना बनाउँदै थिए । आफ्नै आँखा अगाडि आफू जस्तै मान्छेहरु वाइकमा सरर हुईकिदा मैले मन थाम्न सकेको थिईन र म हल्का खालको सेकेण्ड हेण्ड वाइक किनेर सिक्ने निस्कर्षमा पुगेको थिए। साथिभाइहरूले नयाँभन्दा पनि पुरानो वाइक किनेर सिक्न सल्लाह दिन्थे । मलाई पनि नयाँ वाइक किनेर ठाउँ ठाउँ पछार्नु भन्दा पुरानो वाईक किनेर सिक्नु नै उत्तम लाग्यो ।

एकदिन पुरानो वाइक मलाई खोज्दै आईपुग्यो । वाइक पुर्याउन आएको मान्छे वाइक जतिकै ख्याउटे थियो । उसले सुर्तिले काला भएका दाँत देखाउँदै वाइकको चापी म तिर बढायो । मैले पुरस्कार थापे झैं गरी वाइकको चापी बुझें। मैले पचास हजार रूपैयाँमा सेकेण्ड हेण्ड वाइक किने । वाइक यामाहा कम्पनीको थियो ।

त्यसभन्दा अगाडि १५० सिसिको आफन्तको पल्सर वाइक सिक्ने अवसर पाएको थिए । जब वाइक भटभट गर्थ्यो वाईक माथि चढे पछि मुटु पनि वाईकको ईन्जिनझै भटभट गर्न थाल्थ्यो।मुटु जतिनै भटभट गरे पनि मैले सम्हालिएर फुट व्रेक, क्लोज, डिसव्रेक, एक्सिलेटर, गियर आदिको जानकारी लिएर हल्का फुल्का चलाउन पनि थालेको थिए।

एक दिनको कुरा हो सिक्दासिक्दै घ्वावाई आवाज आएर एकैचोटि म पल्सर वाइकको मुनि झण्डै माउले चल्लालाई छोपेझैं चेपिएको थिए । फेरि साथीको सहायताले उठेर चलाउने प्रयास गर्दा भर्खर नारेको वहर गोरु जुवाली फुत्काएर भागेझैं वाइक हातबाट फुत्केर कान्लामुनि गएको थियो । म भने उतानो टाङ भएर माथिनै पल्टेको थिए । मेरो शरिरमा डरले झाँक्री चढेझैं कम्पन आइरहेको थियो । मेरो मुटुले वाइकको इन्जिनकै गति लिइरहेको थियो । मैले तत्काल वाइक चढ्ने आँट गर्न सकिन् ।

एक दिनको कुरा हो सिक्दासिक्दै घ्वावाई आवाज आएर एकैचोटि म पल्सर वाइकको मुनि झण्डै माउले चल्लालाई छोपेझैं चेपिएको थिए । फेरि साथीको सहायताले उठेर चलाउने प्रयास गर्दा भर्खर नारेको वहर गोरु जुवाली फुत्काएर भागेझैं वाइक हातबाट फुत्केर कान्लामुनि गएको थियो । म भने उतानो टाङ भएर माथिनै पल्टेको थिए । मेरो शरिरमा डरले झाँक्री चढेझैं कम्पन आइरहेको थियो । मेरो मुटुले वाइकको इन्जिनकै गति लिइरहेको थियो । मैले तत्काल वाइक चढ्ने आँट गर्न सकिन् ।

तर रहरलाई डरले छेकेन् । मेरो हातमा यामाहा वाइकको चापि र विलवुक थियो । भोलिपल्ट विहानै नजिकैको विद्यालयको चौंरमा वाइक सिक्ने योजना बन्यो । सानोतिनो रकेट नै प्रक्षेपण गर्न लागे झैं चौंरमा मानिसहरूको उपस्थिति थियो । मैले वाइकलाई लात हाने तर स्टार्ट भएन । पुषको महिना चिसोले इन्जिन चिसिएर हो कि वाइक नै पुरानो भएर हो । वाइकले स्टार्ट हुने जाँगर देखाएन । किक हान्दा हान्दा शरिर फतक्कै गल्यो । जाडोमा पनि खलखल्ति पसिना आयो तर वाइक स्टार्ट भएन । म थकित भएर विद्यालयको पेटीमा वसें । त्यहाँ उपस्थिति भएका मध्य वाइकसम्वन्धी सामान्य ज्ञान भएकाले समेत दुईचार लाति हानेर वाइक स्टार्ट गर्ने प्रयास गरे तर उपलव्धि शून्य भयो । केही वेर पछि म आराम गरेर उठे अनि दुई पटक जति किक हाने यसपालि भने वाईक स्टार्ट भयो । वाइकको साइलेन्सरबाट टियर ग्याँस जस्तो धुवाँको मुस्लो निस्कियो र हावामा बिलायो । मैले मुटु दह्रो बनाएर वाइकको ह्याण्डिल समाएर एक्सिलेटर बटारे वायुपङ्खि घोडाझैं वाइक हावामा बतिदै अगाडि बढ्यो र ड्याम्म भुईँमा पछारियो । पछारिएर एकदम राम्रो भयो । नत्र सिधै अगाडि वढेको भए माथिल्लो चौरबाट सिधै कर्कटपाताले बनेको तल्लो भवनको छानाले मेरो शिर छेदन गर्न पनि बेर लाग्थेन।

टेलिभिजनमा वाइकको विज्ञापन गर्दा मान्छे सहित वाइक उडेर एक ठाउँवाट अर्को ठाउँमा पुगे झैं म वाइकसँगै वाँसको झ्याङतिर गुटुमुटु भए । मेरो दायाँ खुट्टा वाइकको पाङ्ग्रा भित्र छिर्यो । म पासामा परेको कालिजझैं हलचल गर्न नसकेर बाँसको झ्याङनेर उतानो परिरहे । त्यतिकैमा बाटोमा यताउता हिड्ने मान्छे र गाउँका मान्छे आएर मेरो खुट्टा पाङ्ग्राबाट निकाले अनि मलाई र वाईकलाई बोकेर बाटो छेउ निकाले । वाईकको भाईजर फुटेर कुरुप भएको थियो । अगाडिको हेडलाईट फुटेर आँखा फुटेको गोरु झै देखिएको थियो ।

त्यो दिनको सिकाई त्यहि स्थगित भयो । फेरि अर्को दिन विहान भर्खर डोजरले खनेको मोटरबाटोमा धुलो उडाउँदै र छेउकुना गर्दै म यामाहा माथि सवार थिए । जाँदा जाँदा एउटा खोल्सो आयो बाटो मुनि खोल्सोमा बाँसको झ्याङ थियो । यामाहा त्यतै सोझियो । मैले रोक्ने प्रयास गरे तर यामाहा रोकिएन । टेलिभिजनमा वाइकको विज्ञापन गर्दा मान्छे सहित वाइक उडेर एक ठाउँवाट अर्को ठाउँमा पुगे झैं म वाइकसँगै वाँसको झ्याङतिर गुटुमुटु भए । मेरो दायाँ खुट्टा वाइकको पाङ्ग्रा भित्र छिर्यो । म पासामा परेको कालिजझैं हलचल गर्न नसकेर बाँसको झ्याङनेर उतानो परिरहे । त्यतिकैमा बाटोमा यताउता हिड्ने मान्छे र गाउँका मान्छे आएर मेरो खुट्टा पाङ्ग्राबाट निकाले अनि मलाई र वाईकलाई बोकेर बाटो छेउ निकाले । वाईकको भाईजर फुटेर कुरुप भएको थियो । अगाडिको हेडलाईट फुटेर आँखा फुटेको गोरु झै देखिएको थियो । मेरो खुट्टामा निलडाम पर्ने गरी चोट लागेको थियो । हात कोतरिएर छाला खोस्रिएको थियो । मलाई दुई तीन दिन सम्म वाईक चढ्ने हिम्मत आएन । मैले वाइक नचलाउने निधो गरे । विस्तारै चोट निको भयो । ‘घोडा चढ्ने मान्छे लड्छ’ मैले वुढापाकाहरूले भन्ने गरेको उखान सम्झिएँ ।

तर म बाटोमा फेल भएको थिए । अब फेरि चौरमा चलाएर हात बसाल्नु पर्ने थियो । म अर्कोदिन विद्यालयको चौरमा पुगे । त्यहाँ उपस्थित मध्य दुई तीन जना अरुले पनि वाइक सिक्ने रहर गरे । मैले पुरानो वाईक वेच्ने निर्णय गरे । उनीहरूले सिक्ने प्रयोजनका लागि वाइक किने । तीस हजारमा वाइक थर्ड हेण्ड भयो । मैले विलवुक र चापि वुझाए ।

पुरानो वाइकको सन्दर्भमा एक जना साथिले भनेको कुरा सम्झिन्छु–‘वाईक पञ्चर भयो भने टायरमा पराल कोच्ने,पेट्रोल सकियो भने पिसाव फेरेर चलाउने….!’ यस्तो उट्पटयाङ कुराले मलाई भित्रै देखि हाँसो उठ्थ्यो।

लगतै त्यो वर्षको दशैमा तलव र चाडवाड खर्च बुझेर मैले १२५ सिसिको नयाँ पल्सर वाईक किने । नयाँ नयाँमा वाइकक‍ो खुवै जतन गर्न मन लाग्थ्यो । अलिकति हिलो धुलो लाग्न वित्तिकै सरफ र सेम्पोले धोएर सफाचट पार्थे । कच्ची बाटो थियो । दिनमा तीन पटकसम्म पछारिन्थ्यो, छ पटकसम्म ढल्थ्यो । सामान्य चोटपटकको वयान गरी साध्य थिएन । आफ्नो च‍ोटपटक भन्दा पनि वाइक प्रति सहानुभूति जाग्थ्यो । कहिलेकाही वाइक किनेकोमा पछुतो लाग्थ्यो । मैले वेकारमा वाइक किने छु जस्तो लाग्थ्यो ।

मैले वाईक राख्ने ठाउँ सडकवाट तल थियो । एकपटक अँध्यारोमा हेडलाईट वालेर वाइक चलाएर राख्ने ठाउँ नजिक पुगेको थिए । ओरालोमा स्टार्ट बन्द भयो । वाईकको हेडलाईट निभ्यो । स्टार्ट बन्द भए पछि चारैतिर अन्धकार छायो । मैले एक्कासि क्लोज थिचेछु । वाईकले ओरालोमा झनै गति लियो । हतासिदै डिसव्रेक दावेछु । वाईक अँध्यारोमा घरको करेसामा जोतिन पुगेछ । मोबाइलको लाईट बालेर हेरे । दायाँतिरको लुकिङ ग्लास भाँचिएर सिङ फुक्लिएको पाडो जस्तो देखियो । वायाँतिरको लुकिङ ग्लास आफै निकाले वल्ल अलि मिलेको देखियो ।

कच्ची सडक थियो । हिँउद याममा धुलोले वाइक चिप्लिएर हैरान हुन्थ्यो । वर्षातको हिलोमा वाइक गुड्दा झरेर तान्नु पर्थ्यो, कहिँ चिप्लिएर पल्टिन्थ्यो भने कहि रोपाइँमा लगेको गोरुझैं हिलाम्य भएर निस्किन्थ्यो । हिउँदमा भन्दा वर्षामा वाइक चलाउने काम साह्रै खर्चिलो हुन्थ्यो । हिलो पसेर डिसप्याड छिटो विग्रिन्थ्यो । चेनस्प्याकेट बदल्नु पर्थ्यो । कहिले केमचेन, कहिले क्लोज प्लेट, कहिले के त कहिले के सामान बिग्रेर वदलिरहन पर्थ्यो । पेट्रोल खर्च त नियमित नै भयो । यस्तो सडकमा वाइक चलाएर पिच सडकमा चलाए सरह वार्षिक कर बुझाउनु पर्दा मन कागती झै अमिलो हुन्थ्यो।

एकपटक वाईक चलाउँदा चलाउँदै स्टार्ट बन्द भयो । स्टार्ट गर्न खोजे स्टार्ट नै भएन । वाइकवाट टुल बक्स निकाले । ब्याट्रीको कारणले हो कि भनेर ब्याट्री जाँच गरे । ब्याट्रीमा लगाएको विर्को तान्दा ब्याट्री भित्रको एसिड उछिट्टिएर आँखामा पर्यो । सयौं खुर्सानी एकैपटक पिसेर आँखामा धुलो हालेझैं भयो । संयोगवस धारा नजिकै थियो । रन्थनिदै गएर आँखामा पानी छ्यापेर पखाले । अलि शितल भयो ।

एकपटक वाईक चलाउँदा चलाउँदै स्टार्ट बन्द भयो । स्टार्ट गर्न खोजे स्टार्ट नै भएन । वाइकवाट टुल बक्स निकाले । ब्याट्रीको कारणले हो कि भनेर ब्याट्री जाँच गरे । ब्याट्रीमा लगाएको विर्को तान्दा ब्याट्री भित्रको एसिड उछिट्टिएर आँखामा पर्यो । सयौं खुर्सानी एकैपटक पिसेर आँखामा धुलो हालेझैं भयो । संयोगवस धारा नजिकै थियो । रन्थनिदै गएर आँखामा पानी छ्यापेर पखाले । अलि शितल भयो ।

अर्को पटक वाइक स्टार्ट बन्द भयो । हेर्दा सवै कुरा ठिकै देखिन्थ्यो । जतिनै प्रयास गरे पनि वाइक स्टार्ट भएन । मिस्रीलाई फोन गरे । उसले भने झैं टुलवक्स झिकेर प्लग खोलेर हेरे । प्लगमा कालो धुवाँ जमेको थियो । उसैले भने अनुसार प्लग सफा गरे । फेरि हाले वाइक स्टार्ट भयो । अर्को दिन फेरि स्टार्ट बन्द भयो । फेरि त्यहि प्रकृया दोहोर्याए स्टार्ट भयो । हुँदाहुँदा म झोलामा नयाँ एक्स्ट्रा प्लग बोकेर हिड्न थाले । अर्को पटक वाइकक‍ो ह्याण्डिल लुज भयो । ग्यारेजमा लगे। मिस्रीले सजिलोसँग एल एन कि ले कसेर बनाइदियो । केही समय चलाए पछि फेरि उहीँ समस्या दोहोरियो । ग्यारेजमा गए वाइक वनाए अनि एउटा एल एन कि किनेर फर्के । फेरिफेरि त्यस्तै हुँदा आफैले कि प्रयोग गरेर ह्याण्डिल कसे । म पनि वाइकको मिस्री जस्तो भए । सानोतिनो सामान विग्रिँदा आफै मर्मत गर्ने भए ।

वाईक पञ्चर हुन्थ्यो । पञ्चर टाल्न ग्यारेजमा लिन्थे । फेरि पञ्चर हुँदा चाहिन्छ भनेर पञ्चर टाल्ने स्टिकर किनेर झोलामा हाल्थे । धेरै पटक पञ्चर हुँदा लिकुइड हाले, पञ्चर प्रुफ बनाए । तर समस्या त्यतिले समाधान भएन । एक पटक ओरालो बाटोमा अगाडिको डिसप्याड जाम भएर घुँडा फुट्ने गरि पछारिए ।

अर्को पटक फुटव्रेकमा भाटो अड्किदा भित्तातिर बजारिए । कहिले डिसव्रेक नलागेर हलो धसे झैं वाइकलाई भित्तामा धस्नु पर्यो ।

१२५ सिसिको वाइकको सामान ग्यारेजमा खोजेको वेला पाइन्थेन । बाहिरबाट मगाउनु पर्थ्यो । मिस्रीहरू भन्थे–‘यो वाइक त्यति सक्सेस छैन ।’ यस्तै यस्तै कारणले अनसक्सेस १२५ सिसि पल्सर वाईक सोरुममा लिलाम गरेर अर्को वाईक लिन वजाज सोरुम पुगे । हुन पनि त्यो वाईक पछि बजारमा आएन ।

एक लाख साठी हजार रुपैयाँको वाइक त्यहि सोरुमले पचास हजारमा लियो । मैले अरु पैसा थप गरेर १५० सिसिको पल्सर वाइक किने । मेरो हातमा नयाँ वाइकको चापि थियो ।

तर पुरानो वाइक छोड्नु पर्दा म अलि भावुक बने । मैले फर्किएर पुरानो बाईक हेरे । उसले हात हल्लाएर मलाई विदा गरेझै लाग्यो । हुनपनि कैयौं घामपानीमा हामीसँगै थियौं । कैयौं लामा छ‍ोटा यात्रामा हामीसँगै हुन्थ्यौ । अँध्यारोमा होस् या उज्यालोमा हामी सहयात्री थियौं । धेरै वर्ष संगत गरेको घनिष्ट साथी छुटेझै हाम्रो साथ सोरुममा छुट्यो । जुन ठाउँमा हाम्रो भेट चार वर्ष अघि भएको थियो उहीँ ठाउँमा हामी छुट्टियौं।

शाही नौमुले गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको