१० आश्विन २०७८, आईतवार

रोटरी क्लब अफ मातृभूमिको अध्यक्षमा नारायण अधिकारी



१६ साउन, काठमाडौं । रोटरी क्लब अफ मातृभूमि बालुवाटारको अध्यक्षमा नारायण अधिकारी चयन भएका छन् । उनी रोटरी ईन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गत स्थापना भएको रोटरी मातृभूमि बालुवाटारको छैटौं अध्यक्ष रूपमा चयन भएका हुन् ।

शनिबार भएको पदस्थापन कार्यक्रममा डिस्ट्रिस्ट ३२९२ का पूर्व डिस्ट्रिक्ट गभर्नर तथा नेपाल सरकारका पुर्व मुख्य सचिव तिर्थमान शाक्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष अनुज थापाबाट नयाँ अध्यक्षलाई पदभार हस्तान्तरण गरिएको छ । रोटरी क्लबमा सबै अध्यक्षको कार्यकाल एक बर्षको हुने गर्दछ।

नव गठित कार्यसमितिमा प्रसिडेन्ट ईलेक्टमा बाबुराम आचार्य, प्रेसिडेन्ट नोमिनीमा सुविधा खनाल, उपाध्यक्षमा पुरुषोत्तम हुमागाईं, सचिवमा निर्मल ढकाल र कोषाध्यक्षमा दीपेन्द्र के.सी.लाई चयन गरिएको छ । छैटौं पदस्थापन कार्यक्रममा क्लबको उत्कृष्ट रोटरियनको अवार्ड सुदर्शन विडारी, उत्कृष्ट रोटर्याक्टको अवार्ड यशोदा रिजाल र उत्कृष्ट ईन्टर्याक्टको अवार्ड सुवास शर्मा सापकोटाले प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको