१० आश्विन २०७८, आईतवार

दक्षिणपन्थीको सरकार बनाउने माधव नेपाललाई एमालेमा ठाउँ छैनः ओली




१६ साउन, काठमाडौं ।
पार्टीको सरकार ढालेर दक्षिणपन्थी कांग्रेसको सरकार बनाउन सहयोग गर्ने माधव नेपाललाई एमालेको ठाउँ नभएको एमालेको अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । सरकार काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्ष ओलीले वरिष्ठ नेता माधव नेपाललाई एमालेमा ठाउँ नभएको बताएका हुन् ।

‘आफ्नो पार्टीको अध्यक्ष र प्राधनमन्त्रीले विश्वासको मत माग्दा २२ जना सांसद बाहिर लिएर जाने तर, दक्षिणपन्थी सरकार बनाउन विश्वास जाहेर गर्न ह्वीप उल्लंघन गरेर भोट हाल्न जाने यो भन्दा निर्लज्ज र दलाली काम अरू के हुन सक्छ ? यस्तालाई पार्टीमा ठाउँ छैन ।’ अध्यक्ष ओलीले भने,‘‘अदालतले पार्टी फुटाएको होइन । अर्को नाममा दर्ता गर्न आऊ भनेको थियो । मैले प्रचण्डलाई फोन गरेर अनेक पटक सोधे । उनले मजाकको विषय बनाएर उडाए ।’

अदालतको फैसलापछि आफूहरू पूर्व पार्टीमा फर्किएको र एमालेका माधव नेपालसहितका केही नेताहरूले एमाले छाडेको ओलीले बताए । ‘पार्टी छाडेको हो उनीहरूले । एकीकरण गलत थिएन । केही मान्छेहरूले पार्टी छाडे । प्रचण्ड एण्ड कम्पनीले पार्टी छाडे,’ सम्बोधनको क्रममा ओलीले भने, ‘हामी पूर्व नाममै फर्किएका हौं । पूर्व एमाले, पूर्व माओवादी पनि एकीकृत भावनाका साथ यो पार्टीमा हुनुहुन्छ ।’

उनले बाटो बिराएका अरु भने पार्टीमा फर्किन सक्ने बताए । ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो । जो अउँदैन, आउँदैन । समय कुर्दैन’ ओलीले भने ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको