१० आश्विन २०७८, आईतवार

सर्वोच्च गएका पूर्वमाओवादी नेताकाे मुद्धा भट्टराईको इजालासमा परेपछि वकिललाई एकसाथ ज्वरो




१५ साउन, काठमाडौं । प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार पुर्नबहालीका लागि सर्वोच्चमा दायर गरेको निवेदनमा शुक्रबार न्यायधीश आनन्दमोहन भट्टराईको इजलासमा परेपछि रिट निवेदकका कानुन व्यवसायीलाई एक साथ ज्वरो आएको छ । नेकपा माओवादी केन्द्रको कारवाहीपछि पदमुक्त भएका ४ जना संघीय सांसदले पुनर्वहालीको माग गर्दै दायर गरेको रिटमाथिको सुनुवाइ रिट निवेदकका बकिलहरुलाई एक साथ ज्वरो आएपछि आज पनि स्थगित भएको हो ।

न्यायाधीश भट्टराईको इजलासमा आज पूर्वमाओवादी नेताहरूको मुद्दाको पेसी राखिएको थियो । तर, आज उक्त मुद्दामा सुनुवाइ हुने स्थिति भए पनि रिट निवेदक पक्षकै वकिलहरू हच्किएका सर्वोृच्च अदालतको स्रोतले जानकार िदिएको छ । ‘रिट निवेदक पक्षका वकिलहरूले ‘ज्वरो, रुघाखोकीका कारणले आज बहस गर्न सकिएन, काबुबाहिरको परिस्थिति भएका कारणले सुनुवाइ स्थगित गरी पाउँ’भन्ने व्यहोराको निवदेन सर्वोच्चमा दिएका थिए ।’ स्रोतले भन्यो,‘उनी बोल्ड न्यायाधीशहरू मध्येमा पर्छन् । प्रतिनिधिसभाको विघटन बदर गरेका र निकै बोल्ड स्वभावका न्यायाधीश परेका कारण आफूहरूले चाहे अनुसारै फैसला आउने अवस्था नभएपछि उनीहरुले ज्वरो आएको बहानामा सुनुवाइ स्थगनको माग गरेका हुन् ।’

हिजो भने यो मुद्दा न्यायाधीश दीपक कार्कीको इजलासमा परेको थियो । हिजो सर्वोच्च अदालतमा विसंगतिविहीन न्यायपालिका सम्बन्धमा अध्ययनन प्रतिवेदन बुझाउने कार्यक्रम भएकाले उक्त मुद्दा ‘हेर्दा हेर्दै’ मा परेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको