५ कार्तिक २०७८, शुक्रबार

कर्णाली नदीमा स्कारपियो खस्दा दुई जना बेपत्ता, तीन बालबालिका घाइते




१५ साउन, धनगढी । कर्णाली नदीमा स्कारपियो गाडी खस्दा दुई जना बेपत्ता भएका छन् भने तीन जना बालक घाइते भएका छन् । कैलाली मोहन्याल गाउँपालिका(७ बाँकास्थित चिसापानीदेखि सोल्टा जाने कच्ची सडकखण्डमा बा ११ च ९३८ नम्बरको स्कारपियो ब्याक गर्ने क्रममा सडकबाट करिब तीन सय मिटर तल कर्णाली नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले स्कारपियोमा पाँच जना सवार रहेकोमा तीन जना बालबालिका सडकबाट सय मिटर तल खसेको अवस्थामा भेटिएका र अन्य दुई जना गाडीसहित नदीमा खसेको बताए ।

स्वारपियोमा डोटीको आर्दश गाँउपालिकाका चन्द्र जोशी, रूपी जोशी, लक्ष्मी जोशी, भुवन जोशी र सावित्री जोशी सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ । स्कारपियो नदीमा खस्दा चन्द्र र रूपी बेपत्ता भएका छन् भने तीन बालबालिकाको अवस्था जटिल रहेकोले उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

शुक्रबार साढे १२ बजेतिर कर्णाली नदीमा खसेको स्कारपियो फेला परे पनि पानीको वहाब बढी भएका कारण निकाल्न समस्या भएको कैलाली प्रहरी प्रमुख एसपी अधिकारीले बताए । अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उक्त गाडी निकाल्ने खटिएका छन् । बेपत्ता दम्पतीको खोजी कार्य सशस्त्र प्रहरीको गोताखोर टिमले गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको