२ कार्तिक २०७८, मंगलवार

म मर्न तयार छु तर विकृति सहन्नः प्रा.डा.नन्दबहादुर सिंह



१५ साउन, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दवहादुर सिंहले आफू मर्न तयार हुने तर विश्वविद्यालयमा कुनै किसिमका विकृतिहरू हुन नदिने बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा विद्यार्थी तथा प्राध्यापकहरूको आन्दोलन, परीक्षण नियन्त्रण कार्यालय र भिसीको निवासमा भएको तोडफोडको विषयमा जानकारी दिँदै उपकुलपति सिंहले यस्तो बताएका हुन् ।

उपकुलपति सिंहले भने, ‘म विश्वविद्यालय बनाउनकै निम्ति आएको हुँ, मेरो कार्याकालसम्म भ्रष्टाचार र विकृती तोडेर छोड्छु । म बरु मर्न तयार छु तर गल्ती गर्नेलाई माफी दिन सकिदैन ।’उनले विश्वविद्यालयलाई भजाएर खान पल्केकाहरूले आफूबिरुद्ध योजनावद्ध ढंगले लागेको बताए ।

विश्वविद्यालयका रजिष्टार प्रा.डा. नारायणप्रसाद पौडेलले आन्दोलनका नाममा विश्वविद्यालयलाई बन्धक बनाउनु र तोडफोडमा उत्रिनु निन्दनिय भएको बताए । विश्वविद्यालयको भौतिक सम्पत्तिमा क्षति पु¥याएर समस्याको समाधान ननिस्कने पौडेलको भनाई छ ।

वार्ता टोलीका संयोजक डा. लिलाधर तिवारीले विद्यार्थीका मागहरू वार्ताका माध्यमबाट समाधान खोजिनु पर्ने बताए । उनले वार्ता र सम्वादबाट विद्यार्थीहरूले राखेका मागहरू सम्बोधन गर्न तयार रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको