१० आश्विन २०७८, आईतवार

लुम्बिनी प्रदेश प्रमुखले संविधान देखाउदै भने, संविधानभन्दा बाहिर जाने अधिकार कसैलाई छैन




१५ साउन, बुटबल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले शुक्रवार प्रदेशको मुकाम बुटवल पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि पत्रकार सम्मेलनमा संविधानको किताव देखाउदै प्रमुख शेरचनले संविधानले निर्दिष्ट गरेको बिषयभन्दा बाहिर जान आफुलाई अधिकार नभएको बताएका छन् ।

प्रमुख शेरचनले संविधान हामी सवैको मुल कानुन भएको र संविधानभन्दा माथी कोही पनि नभएको बताउदै उन भने, ‘संविधानले निर्दिष्ट गरेको बिषयभन्दा बाहिर जान आफुलाई अधिकार छैन् ।’

शेरचनका अनुसार आफु लुम्बिनी प्रदेश आउनुको मुख्य कारण पनि संविधानले निर्दिष्ट गरेको बिषयहरुलाई कार्यान्वयनमा ल्याउनु हो । शेरचनले सबैलाई संविधानको पालना गर्न आग्रह गरे ।

आफ्नो कार्यकालमा कुनै अप्रिय विवाद देख्न नपर्ने अवस्था सिर्जना गर्ने उनले बताए । लुम्बिनी प्रदेशमा प्राकृतिक स्रोत साधन पर्याप्त भएको उल्लेख गर्दै तिनको सदुपयोग गरी प्रदेशको विकास गर्नुपर्नेमा शेरचनले जोड दिए ।

प्रदेश सरकार, राजनीतिक दल, संघसंस्था र नागरिक समाजसँग छलफल गरेर उनीहरुले दिएका सुझावका आधारमा आफू अघि बढ्ने उनको भनाइ छ । प्रदेश प्रमुख शेरचनले पदभार ग्रहण गर्नुअघि उनलाई स्वागत गर्न मुख्यमन्त्री र मन्त्रीहरु उपस्थित थिएनन् । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । (तस्वीर तथा समचार खाेज पात्राे अनलाइनबाट)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको