५ आश्विन २०७८, मंगलवार

शुक्रबार अहिलेसम्मकै बढि १३५९ जनामा कोरोना पुष्टि, थप १४ को मृत्यु



१९ भाद्र, काठमाडौं । गएको २४ घण्टाभित्र मुलुकभर अहिलेसम्मकै बढि १३५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशभर १३ हजार ६ सय ३८ नमुना परिक्षण भएकोमा ४६४ महिला र ८९५ पुरूषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

आज काठमाडौं उपत्यकामा आज मात्रै ४५४ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रवक्ता गौतमका अनुसार काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना सङ्क्रमित थपिएका छन् ।

शुक्रबार थपिएकासहित हालसम्म सङ्क्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ । त्यस्तै देशका विभिन्न अस्पतालमा उपचाररत १३ सय ५४ जना निको भएर घर फर्किएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या २५ हजार ५ सय ६१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १३ हजार ६ सय ३८ जनाको पिसिआर परिक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज देशभर कोरोनबाट १४ जनाको मृत्यु भएको छ । यो संख्यासहित कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको