३ कार्तिक २०७८, बुधबार

कर्णालीको शिक्षामा अपशकुनका सङ्केतहरू


जीतबहादुर शाह
१५ श्रावण २०७८, शुक्रबार

यो पङ्तिकार काम गरिरहेको कार्यालयमा जुम्लाको एउटा विद्यालयको शिक्षक आएर कक्षा १२ को परीक्षाको प्रवेश पत्र पाउनका लागि अनुरोध गर्नुहुन्छ । मैले उहाँलाई सहज रूपमा जवाफ दिएँ–‘परीक्षा सुरु हुन अझै तीन हप्ताभन्दा बढि समय बाँकी छ । प्रवेश पत्र अहिले तयारीको क्रममा छ । हामी तपाईंको विद्यालयमा परीक्षा सुरु हुनुभन्दा एक हप्ता पहिले पुर्याइदिन्छौं ।’ उहाँलाई मेरो यो जवाफले खुसी नबनाएको कुरा मैले उहाँको अनुहार पढेर थाहा पाएँ । नभन्दै उहाँले तत्कालै आफ्नो चाहना फेरि दोहोर्याउनु भयो – ‘सर प्रवेश पत्र वा कण्ट्रोल लिष्ट अहिले नै दिनु भयो भने हाम्रा विद्यार्थीहरूलाई कुन कुन विषयको परीक्षा दिनु पर्छ भन्ने कुरा अहिले नै भनिदिन्थ्यौं जसले गर्दा उनीहरूलाई परीक्षाको तयारी गर्न सजिलो हुन्थ्यो ।’ यसबाट मलाई बोध भयो कि उक्त विद्यालयका विद्यार्थीहरुलाई आफूले कुन विषय पढ्दैछु भन्ने कुराको जानकारी नै नहुदो रहेछ । यसको निर्धारण शिक्षकहरूले रजिष्ट्रेसन र परीक्षा आवेदन फाराम भर्ने बेला गरिदिन्छन् । कर्णालीका अधिकाँश हिमाली जिल्लाहरूको कथा हो यो । शिक्षकहरूको विद्यार्थीहरुसँग शिक्षणसिकाइको समयमा भेटघाट नै हुँदैन । भेटघाट नभएपनि विद्यार्थीका भाग्यविधाता भइदिन्छन् हाम्रा शिक्षकहरू ।

एकजना अर्को अधबैंसे मानिस मेरो कार्यकक्षमा आएर कक्षा ११ र १२ को मार्कसीट देखाउदै भन्छन्– ‘सर यसको ट्रान्सक्रीप्ट पाउने कसरी होला ? सरले बाटो सिकाइदिनु पर्यो ।’ उनको कुरा सुनिसकेपछि उनको हातको मार्कसीट आफ्नो हातमा लिएर हेरें । ब्याक नलागी ठीकठीकै मार्क ल्याएर पास गरेका रहेछन् । मैले ती अधबैसैतिर हेरेर यो कसको मार्कसीट हो भनेर सोध्दा आफ्नै हो भने । मलाई यी बूढाले अहिले आएर सुर्खेतको मानिस जाजरकोट गएर किन अध्ययन गर्नु परेछ भन्ने लागिरहेको थियो । उनले अझै कुरा अगाडि बढाए – ‘बढुवा हुने बेला भएको छ । माथिल्लो योग्यताको सर्टिफिकेट भयो भने सजिलो होला भनेर दुःख गरेको हुँ ।’ मैले उनले पढेको विद्यालयको अवस्थिति र वरिपरिको भूगोलको बारेमा सोधें । तथापि त्यो बारेमा उनलाई केही थाहा छैन । उनको त्यो अनभिज्ञता देख्दा मलाई यस्तो लाग्यो कि उनी एकपटक पनि त्यो स्कूलमा पाइला टेकेका छैनन् । यो सबै काम हाम्रा भाग्य विधाताहरूले नै विद्यार्थीहरूको कल्याणका निम्ति ठूलो मन बनाएर व्यवस्थापन गरिदिनु हुन्छ ।

कर्णालीले कतिपयलाई दुर्गम र पिछडिएको क्षेत्रको कोटाबाट लोकसेवामा नाम निकालेर जागीर खान सहयोग गरेको छ । उनीहरूले त्यो ठाउँको नाउँबाट नाउँ निकालेपछि त्यो ठाउँमा बसेर धेरै योगदान पनि गर्नु पर्दैन । एकाध वर्षपछि आफन्तको पुच्छर समातेर सुगमतिर झर्न पाइहालिन्छ । कतिपय टाँठाबाठा र हुनेखानेहरूका सन्तानहरू विद्यालय तहको पूरै समय सुर्खेत, नेपालगञ्ज र काठमाण्डौ पढ्छन् तर सरकारले उच्च शिक्षाको निम्ति प्रदान गर्ने छात्रबृत्तिको कोटाको आशमा एसइइ दिन कर्णालीको हिमालतिर हानिन्छन् । यस्तो लाग्छ कि कर्णालीका हाम्रा निरपराध किशोरकिशोरीहरुलाई विद्यार्थी अवस्थादेखि नै कर्णालीको दोहन गर्न सिकाउदैछौं हामी ।

कर्णालीले वास्तवमै धेरैको कल्याण र उद्धार गरेको छ । कतिपय बढुवा हुन नसकेका शिक्षक र कर्मचारीहरूको दुर्गममा काम गरेको नाताले माथिल्लो पोष्टमा बढुवा हुन सहयोग गरेको छ । कतिपयलाई दुर्गम र पिछडिएको क्षेत्रको कोटाबाट लोकसेवामा नाम निकालेर जागीर खान सहयोग गरेको छ । उनीहरूले त्यो ठाउँको नाउँबाट नाउँ निकालेपछि त्यो ठाउँमा बसेर धेरै योगदान पनि गर्नु पर्दैन । एकाध वर्षपछि आफन्तको पुच्छर समातेर सुगमतिर झर्न पाइहालिन्छ । कतिपय टाँठाबाठा र हुनेखानेहरूका सन्तानहरू विद्यालय तहको पूरै समय सुर्खेत, नेपालगञ्ज र काठमाण्डौ पढ्छन् तर सरकारले उच्च शिक्षाको निम्ति प्रदान गर्ने छात्रबृत्तिको कोटाको आशमा एसइइ दिन कर्णालीको हिमालतिर हानिन्छन् । यस्तो लाग्छ कि कर्णालीका हाम्रा निरपराध किशोरकिशोरीहरुलाई विद्यार्थी अवस्थादेखि नै कर्णालीको दोहन गर्न सिकाउदैछौं हामी । म सानो छँदा मेरो घरमा एउटी पोथी कुकुर थिइ । हाडछाला मात्र भएकी । उसका आधा दर्जन बच्चाहरूले उसैका लाम्टा चुसीचुसी लखतरान बनाउँथे उसलाई । उठ्नै सक्दिनथी विचरी । केही समयपछि त मरी पनि । हाम्रा हरकतहरुले हाम्रो कर्णाली पनि त्यस्तै भएको हो कि झैं लाग्दैछ, त्यत्तिबेलाको मेरो घरकी पोथी कुकुरजस्तै ।

राजनीति गर्नेहरूलाई त झन कर्णालीले दिनु दिएको छ । आलोपालो गरी गरी सरकारी सुविधा दिएको छ । मान प्रतिष्ठा दिएको छ । शक्तिको कारणले अघिपछि लाग्ने धुपौरेहरू दिएको छ । तथापि उनीहरूले कर्णालीको निम्ति के दिए भन्ने कुरामा यसै भनिहाल्ने स्थिति देखिदैन । नारा, भाषण र खोक्रा आश्वासन भने खुब दिएका छन् । कहिले साक्षर कर्णाली प्रदेश भन्छन्, कहिले डिजीटल कर्णाली प्रदेश भन्छन् त कहिले अर्गानिक प्रदेश भन्छन् । ती कुराहरु भनाइमा मात्र सिमित छन्, तिनीहरुलाई अघि बढाउनका लागि कार्यक्रम र बजेट छैन । नेताहरू नीतिगत सुधारभन्दा पनि खुद्रा कार्यक्रममा अल्झिरहेका छन् । आफ्ना आफ्ना मान्छे र कार्यकर्ताहरूको हितका निम्ति मात्र दौडिरहेका छन् । नीति बनायो भने आफ्ना र अरुका सबैलाई भलो हुँदोरहेछ । त्यो नचाहँदा रहेछन् नेताहरू । त्यसैले समग्र कर्णालीको उन्नयन र उत्थानका निम्ति कार्यक्रम र बजेट नआउँदो रहेछ कर्णालीमा । शिक्षामा छुट्याइने प्रदेश सरकारको बजेट नै तीन प्रतिशतको हाराहारिमा चक्कर लगाइरहेको छ । स्थानीय तहको बजेट पनि त्योभन्दा माथि उठ्न सकेको छैन । त्यही भएर कर्णालीमा विद्यार्थीहरू पढनका लागि भन्दा पनि त्यहाँबाट नाजायज किसिमले सुविधाको उपभोगका लागि जान्छन् । यसले गर्दा वास्तविक कर्णालीमा पढेका विद्यार्थीहरूलाई फेरि पनि पछि पार्ने काम भइरहेको हुन्छ ।

कर्णाली प्रदेशको दश वर्षे शिक्षा क्षेत्रको योजना मस्यौदा निर्माणमा सहभागी हुँदा बोध भयो कि कर्णाली प्रदेशका दश वटा जिल्लामा सञ्चालन भएका कक्षा एकदेखि बाह्रसम्म सञ्चालित सामुदायिक विद्यालयहरूमा शिक्षा ऐनले भने अनुसारको शिक्षक दरबन्दीको व्यवस्था गर्ने हो भने पनि पाँच हजार शिक्षक दरबन्दी नपुग देखिन्छ । अर्कोतिर संघीय सरकारले शिक्षक दरबन्दी नथप्ने कुरा शिक्षा नीति–२०७६ मा भनिसकेको छ । शिक्षा नीति–२०७६ मा लेखिएको छ कि शिक्षक दरबन्दीको पुनर्वितरण गर्दा पनि नपुग हुने शिक्षक दरबन्दी प्रदेश सरकार र स्थानीय तहको आफ्नो आम्दानीबाट सिर्जना गरी वितरण गर्नु पर्नेछ । तथापि यो सवालमा कर्णाली प्रदेश सरकार र यहाँका स्थानीय सरकारहरू मौन छन् । त्यसैले पनि होला, पढाउने शिक्षक नै नभएपछि विद्यालय सञ्चालन गर्ने तरिका पनि फरक छ कर्णालीमा, माथि उल्लेख गरेजस्तै । विद्यालयमा भएका केही थान शिक्षकहरूले विद्यार्थीहरूको रजिष्ट्रेशनदेखि लिएर सबै काम गरिदिन्छन् । त्यस्ता विद्यालयहरूमा परीक्षाको समयमा मात्र सहयोगी सहित जान्छन् विद्यार्थीहरू ।

कर्णालीको भूगोलमा उच्च शिक्षा दिने कलेजहरूको संख्या ६१ वटा छन् । ती कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूको संख्या शिक्षा मन्त्रालयको २०७७ को तथ्याङक हेर्दा १४ हजार रहेको छ । तीमध्ये शिक्षा, मानविकी र व्यवस्थापन तर्फ अध्ययन गर्ने विद्यार्थीहरुको संख्या १३ हजार रहेको छ । प्राविधिक विषय (कृषि, चिकित्सा, विज्ञान तथा प्रविधि, वन विज्ञान आदि) अध्ययन गर्ने विद्यार्थीहरुको जम्मा संख्या ९ सयको हाराहारीमा रहेको छ । शिक्षा संकायमा मात्रै ८६३४ जना विद्यार्थीहरू अध्ययनरत देखिन्छन् त्यो पनि साधारण विषयहरूमा । यो तरिकाले कसरी हुन्छ त कर्णालीको विकास ?

कर्णालीको भूगोलमा उच्च शिक्षा दिने कलेजहरूको संख्या ६१ वटा छन् । ती कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूको संख्या शिक्षा मन्त्रालयको २०७७ को तथ्याङक हेर्दा १४ हजार रहेको छ । तीमध्ये शिक्षा, मानविकी र व्यवस्थापन तर्फ अध्ययन गर्ने विद्यार्थीहरुको संख्या १३ हजार रहेको छ । प्राविधिक विषय (कृषि, चिकित्सा, विज्ञान तथा प्रविधि, वन विज्ञान आदि) अध्ययन गर्ने विद्यार्थीहरुको जम्मा संख्या ९ सयको हाराहारीमा रहेको छ । शिक्षा संकायमा मात्रै ८६३४ जना विद्यार्थीहरू अध्ययनरत देखिन्छन् त्यो पनि साधारण विषयहरूमा । यो तरिकाले कसरी हुन्छ त कर्णालीको विकास ? यो त सरासर बेरोजगार उत्पादन गर्ने परम्परागत मोडेल मात्र भयो । तथापि सरकारहरू यस्तै विद्यालय र कलेजहरूको अनुमति र सम्बन्धन दिन अहोरात्र जुटिरहेका छन् । अरु केही दिनु पर्दैन, सञ्चालन गर्ने अनुमति दिए पुग्छ, कहिलेकाही सांसद विकास कोषबाट सहयोग गरे पुग्छ । आफ्ना कार्यकर्ताले जागिर पाउँछन् । जनताका छोराछोरीहरू शिक्षा आर्जन गर्ने नाममा बाँदरको पुच्छर लौरो न हतियार जस्ता भएर उत्पादन हुन्छन् विचरा उनीहरूको जिन्दगी पनि त्यसरी नै गुज्रने गर्दछ । बेरोजगार उत्पादन गर्ने कर्णालीको यो मोडेल समग्र मुलुककै मोडेल हो ।

कर्णाली प्रदेश लगायत मुलुकको विकास गर्ने भन्दै हिजोआज सरकारहरूले आधा दर्जन जति ‘ज’ को सूत्र घोकाउने गरिन्छ – जल, जमीन, जङ्गल, जडिबुटी, जैविक विविधता र जनशक्ति । पछिल्लो जनशक्तिको त त्यत्ति सारो चर्चा गरिदैन । अरुको भने खुव बखान गरिन्छ । जनशक्तिको चर्चा गर्नु भनेको शिक्षाका चर्चा गर्नु रहेछ । जनशक्ति उत्पादन गर्ने भनेकै शिक्षाले रहेछ । त्यत्ता तर्फ चासो छैन सरकारहरूको । शिक्षामा ३ प्रतिसत पनि बजेट नछुट्टिने भएपछि चासो छ भन्ने पनि कसरी ? त्यसकारण कर्णालीका सरकारहरूले सपना देख्ने गरेका छन् कि बाहिरबाट विज्ञ झिकाउने विकास त्यसैले गरिदिन्छ । एनजिओ पाराको विकास । बजेट कर्णालीका जनताका नाममा खर्च हुन्छ, खल्ती भर्ने काम भने बाहिरबाट आएका विज्ञ र परामर्श दाताले गर्छन् । त्यसको अलि अलि हिस्सा नेता, कार्यकर्ता र कर्मचारीहरूलाई पनि प्राप्त होला तथापि उनीहरुको भागमा परेको बजेटले पनि कर्णालीतिर होइन कि केन्द्रीय राजधानी र मुलुकका अन्य प्रमुख सहरतिर नै बाटो तताउछ । के यही पाराले होला त कर्णालीको विकास ?

दक्षिण अफ्रिकाको एउटा विश्वविद्यालयको प्रवेशद्वारमा लेखिएको प्रस्तुत भनाइ बेलाबेलामा सामाजिक सञ्जालमा भाइरल हुने गर्दछ–‘कुनै पनि मुलुकलाइ ध्वस्त पार्न कुनै आणविक अस्त्र वा लामो दुरीसम्म प्रहार गर्ने क्षेप्यास्त्रको प्रयोग गर्नु आवश्यक छैन । यसका लागि त्यो मुलुकको शैक्षिक स्तर ध्वस्त पारिदिए मात्रै पुग्छ र विद्यार्थीहरुलाई परीक्षामा चिट चोर्न दिए पुग्छ, ता कि त्यस्ता डाक्टरहरूका हातबाट बिरामीहरू मर्नेछन्, त्यस्ता इञ्जिनियरहरूबाट निर्मित पूर्वाधारहरू ढल्नेछन्, त्यस्ता अर्थविद्का हातबाट बजेटको अपचलन हुनेछ, त्यस्ता धार्मिक अभियन्ताका हातबाट मानवता मर्नेछ, त्यस्ता न्यायाधीशहरूका हातबाट न्याय हराउनेछ र अन्ततः खराव शिक्षाको माध्यमबाट मुलुक ध्वस्त हुनेछ ।’ प्रस्तुत भनाइमा जस्तै मेरो कर्णाली प्रदेश र समग्र मुलुकमा गतिविधिहरु भइरहेको झै लाग्दैछ ।

दक्षिण अफ्रिकाको एउटा विश्वविद्यालयको प्रवेशद्वारमा लेखिएको प्रस्तुत भनाइ बेलाबेलामा सामाजिक सञ्जालमा भाइरल हुने गर्दछ–‘कुनै पनि मुलुकलाइ ध्वस्त पार्न कुनै आणविक अस्त्र वा लामो दुरीसम्म प्रहार गर्ने क्षेप्यास्त्रको प्रयोग गर्नु आवश्यक छैन । यसका लागि त्यो मुलुकको शैक्षिक स्तर ध्वस्त पारिदिए मात्रै पुग्छ र विद्यार्थीहरुलाई परीक्षामा चिट चोर्न दिए पुग्छ, ता कि त्यस्ता डाक्टरहरूका हातबाट बिरामीहरू मर्नेछन्, त्यस्ता इञ्जिनियरहरूबाट निर्मित पूर्वाधारहरू ढल्नेछन्, त्यस्ता अर्थविद्का हातबाट बजेटको अपचलन हुनेछ, त्यस्ता धार्मिक अभियन्ताका हातबाट मानवता मर्नेछ, त्यस्ता न्यायाधीशहरूका हातबाट न्याय हराउनेछ र अन्ततः खराव शिक्षाको माध्यमबाट मुलुक ध्वस्त हुनेछ ।’ प्रस्तुत भनाइमा जस्तै मेरो कर्णाली प्रदेश र समग्र मुलुकमा गतिविधिहरु भइरहेको झै लाग्दैछ । केही समाजसेवामा लागेका सामाजिक अभियन्ताहरूको हिसाव नगर्ने हो भने कतै पनि र कसैबाट पनि समग्र मानव जगत र समग्र मुलुकको उन्नयनलाई केन्द्रविन्दूमा राखेर काम गरेका दृश्यहरू यी अभागी आँखाहरूले देख्न नपाउने भइसके । यी सबै चर्तिकलाको पछाडि हामीले शिक्षालाई गतिलो बनाउन नसक्नु हो र हामीले शिक्षालाई प्राथमिकता दिन नसक्नु हो भन्ने लाग्छ ।

(शाह कर्णाली प्रदेशको राष्ट्रिय परिक्षा बोर्डका कार्यालय प्रमुख हुन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको