१० आश्विन २०७८, आईतवार

छाउपडी प्रथाः गर्तमा लुकेको चुरो समस्या र दिगो समाधानको अचुक विकल्प


चक्रबहादुर शाही
१५ श्रावण २०७८, शुक्रबार

मुलुकको मध्य तथा सुदुरपश्चिम क्षेत्रका अधिकाँश गाउँवस्तीहरूमा रजस्वला भएका नारीहरूलाई अरुले छुने गर्दैनन् । उनीहरूले घर परिवारका अरु सदस्यहरूबाट अलग्गै बस्नु र खानु पर्ने हुन्छ । रजस्वला भएका कारणले घर परिवारबाट नछोइएर अलग्गै बस्नु र खानु पर्ने हुनाले उनीहरूलाई छुइन्यारी (छुई भएकी नारी) भनेर भनिन्छ । छुइन्यारीलाई कतै छाउपडी भनेर समेत भन्ने गरिन्छ । यो अवधिमा उनीहरूलाई मुख्य घर आँगनभन्दा अलग्गै बस्ने व्यवस्था मिलाइएको हुन्छ । धेरैजसोले रजस्वला भएका आप्mना छोरी, बुहारी र पत्निहरू बस्नका लागि घर छेउछाउमा सानो कटेरो समेत बनाई दिएका हुन्छन् । यस्ता कटेराहरूलाई स्थान बिशेषको भाषिक लवज अनुसार छाउगोठ, छाउकुल्लो र छुइन्यारी घर भनेर भन्ने गरिन्छ । रजस्वला अवधिमा छुइन्यारीहरूले अरुलाई छुन र केही कामकाज गर्न नहुने प्रचलन रहेकाले यो अवधिलाई छुई मान्ने/छुई बार्ने भनेर समेत भन्ने गरिन्छ ।

एउटै उमेर र नाता समुहका छुइन्यारीहरू एउटै छुइन्यारी घरमा सँगै बस्न सक्छन । देवताका धामीका पत्निहरू, देवता आउने महिलाहरू र उमेरमा अलि पाकाहरू छुइन्यारी हुँदा अरु छुइन्यारीहरूसँग समेत अलग्गै नछोइएर बस्ने गर्दछन । रजस्वला अवधिमा उनीहरूलाई घर आँगनलगायत बस्तुभाउहरू समेत छुने गर्दैनन् ।

आफ्ना घरका छुइन्यारीका लागि मात्र बनाइएका कटेराहरू निकै साना र साँघुरा पनि हुन्छन् । उमेर पुगेका छोरी–बुहारीहरूको सङ्ख्या धेरै हुनेहरूले उनीहरूका लागि र टोल छिमेकका अरुहरूका सामुहिक प्रयोजनका लागि समेत प्रयोगमा आउने गरी कसै कसैले केही ठुला र फराकिला छुइन्यारी घर पनि बनाएका हुन्छन् । आफ्ना छुइन्यारी घर नभएकाहरू र गाउँ टोलमा एकै पटक धेरै छुइन्यारीहरू भएका बेला उनीहरू कसैको घरको खाली गोठ समेत प्रयोग गर्दछन । यिनै छुइन्यारी घरहरूमा रजस्वला अविधभर उनीहरू बस्नु पर्ने हुन्छ । एउटै उमेर र नाता समुहका छुइन्यारीहरू एउटै छुइन्यारी घरमा सँगै बस्न सक्छन । देवताका धामीका पत्निहरू, देवता आउने महिलाहरू र उमेरमा अलि पाकाहरू छुइन्यारी हुँदा अरु छुइन्यारीहरूसँग समेत अलग्गै नछोइएर बस्ने गर्दछन । रजस्वला अवधिमा उनीहरूलाई घर आँगनलगायत बस्तुभाउहरू समेत छुने गर्दैनन् ।

रजस्वला अवधिमा छुइन्यारीहरूले घरको सरसफाई, भातभान्सा, पूजाआजा र दुधालु गाईभैसीहरू दुहुने तथा उनीहरूलाई बाँध्ने र खोल्ने कामहरू समेत गर्दैनन । यो अवधिमा उनीहरूले प्रत्येक दिन नुहाई धुवाई गर्ने र आफूले प्रयोग गरेका कपडाहरू सफा गर्ने गर्दछन । छुइन्यारीहरू नुहाउने र कपडा धुने पानीका धारा समेत अलग्गै हुन्छन् । छुई अवधिमा छुइन्यारीहरूलाई उनीहरूका आमा, सासु, पति, ससुरा, नन्द, आमाजु वा घरमा जो छ उसैले पकाएर दिएको खानेकुरा खानु पर्ने हुन्छ । रजस्वला भएको पाँच दिनसम्म र कतै कतै पुरै सात दिनसम्म उनीहरूलाई दूध, दहि, खीर, देवताका प्रसाद र मोही खान दिइदैन । कतैकतै घिउ खान दिने चलन छ । यो बाहेकका अरु सबै खानाहरू दिने गरिन्छ ।

मध्य तथा सुदुरपश्चिमका धेरै गाउँ ठाउँहरूमा महिलाहरू रजस्वला हुँदा गरिने यस किसिमको रितितिथी र बारबन्देजलाई पछिल्ला बर्षहरूमा छाउपडि प्रथाका रूपमा निकै उछालिएको छ । वास्तवमा छुइन्यारी/छाउपडी मान्ने चलन प्रथा होइन यो यहाँको भूगोलमा सदियौंदेखि चल्दै आएको प्रचलन, परम्परा, रित र संस्कृती हो । यो रित यहाँको कुनै जात र समुदायमा मात्र सिमित छैन त्यसैले पनि यो प्रथा नभएर रित हो ।

मध्य तथा सुदुरपश्चिमका धेरै गाउँ ठाउँहरूमा महिलाहरू रजस्वला हुँदा गरिने यस किसिमको रितितिथी र बारबन्देजलाई पछिल्ला बर्षहरूमा छाउपडि प्रथाका रूपमा निकै उछालिएको छ । वास्तवमा छुइन्यारी/छाउपडी मान्ने चलन प्रथा होइन यो यहाँको भूगोलमा सदियौंदेखि चल्दै आएको प्रचलन, परम्परा, रित र संस्कृती हो । यो रित यहाँको कुनै जात र समुदायमा मात्र सिमित छैन त्यसैले पनि यो प्रथा नभएर रित हो । यो क्षेत्रको मौजुदा गरिबी, अभाव, अशिक्षा र सामाजिक पछौंटेपनलाई जोडेर छुइन्यारी परम्परा र संस्कारलाई यहाँ प्रचलित कुप्रथाका रूपमा दर्ज गर्दै समग्र समाजलाई नै लाञ्छना लगाउन थालिएको छ । यहाँको समाजमा जरो गाडेको छाउपडी परम्परा रुढीबादी र अन्धविश्वासमा आधारित कुप्रथा हो यसलाई समाजबाट हटाउनु पर्दछ भनि धेरै अगाडीदेखि यो क्षेत्रमा काम गरिरहेका थरीथरीका सामाजिक अभियन्ता र गैर सरकारी संस्थाहरूका लागि पछिल्लो समय राज्यले नै यो परम्परालाई सामाजिक अपराधको रूपमा कानुनी पहिचान दिएपछि उनीहरूलाई यो क्षेत्रमा काम गर्न अझै सजिलो भई थप हौसला समेत मिल्न गयो ।

छुई/छाउ बार्ने रितले देखिएका/देखाइएका समस्या र कारण:

गाई भैसीको दुध ती देविदेवताका मन्दिरमा चढाउने गरिन्छ । अझ कतिपय ठाउँहरूमा त गाई भैसी नै देवतालाई किलो चढाउने भनेर देविदेवताका नाममा छुट्याएर पालिएको हुन्छ । केही ठाउँहरूमा मष्टोलाई पशुधनको रक्षक/मालिकका रूपमा मानेर ती पशुधनहरू उसैप्रति समर्पित गरिएका हुन्छन् । यसैले यी ठाउँहरूमा गाई भैसीको दुध तथा दही रजस्वला भएका महिलाहरूलाई खान दिने गरिदैन । अधिकाँश ठाउँहरूमा पाँच दिनसम्म मात्र खान दिने गरेको पाइदैन ।

१.पोषिला खानेकुरा नदिनुः मध्य तथा सुदुरपश्चिमका छुई/छाउ बार्ने रित भएका धेरै ठाउँहरूमा छुईन्यारीलाई छुई अवधिमा गाई भैसीको दुध, दही, खीर र देवताको प्रसाद खान दिइदैन तर केही ठाउँहरूमा दुध, दही र खीर समेत खान दिने गरेको पाइन्छ । यी खानेकुरा बाहेक भान्सामा पाकेका सबै कुरा उनीहरूलाई खान दिने गरेको पाइन्छ । यो क्षेत्रका मानिसहरूले धेरै किसिमका देविदेवताहरू मान्ने गर्दछन । उनीहरूले पाल्ने गाई भैसीको दुध ती देविदेवताका मन्दिरमा चढाउने गरिन्छ । अझ कतिपय ठाउँहरूमा त गाई भैसी नै देवतालाई किलो चढाउने भनेर देविदेवताका नाममा छुट्याएर पालिएको हुन्छ । केही ठाउँहरूमा मष्टोलाई पशुधनको रक्षक/मालिकका रूपमा मानेर ती पशुधनहरू उसैप्रति समर्पित गरिएका हुन्छन् । यसैले यी ठाउँहरूमा गाई भैसीको दुध तथा दही रजस्वला भएका महिलाहरूलाई खान दिने गरिदैन । अधिकाँश ठाउँहरूमा पाँच दिनसम्म मात्र खान दिने गरेको पाइदैन । सबैका घरमा दुधालु गाईभैसी हुदैनन् र नभएकाहरूले दुध दही किनेर अनिवार्य उपभोग गरेको पनि पाइदैन त्यसैले दुध दही छुइन्यारीहरूलाई खान नदिनु एउटा सामान्य प्रचलन हो । यो प्रचलनका कारणले उनीहरूलाई रजस्वला अवधिमा पोषिला खानेकुराहरूबाट बञ्चित राखिन्छ भन्ने कुरा त्यती युक्तिसंगत होइन ।

२.घर आँगनमा प्रवेश नदिनुः यो क्षेत्रमा धेरै किसिमका देविदेवता मान्ने गरिन्छ । देविदेवता पुजनका कर्मकाण्ड र रित परम्परामा लिखित र श्रुति परम्परामा सदियौंदेखि रजस्वला भएका नारीहरूलाई पुजाआजा र पर्वहरूमा निषेध गरेको पाइन्छ । यो कुराको यो क्षेत्रमा निकै परिपालन र अनुशरण गर्ने गरिन्छ । टोल छिमेकमा भएका देविदेवताका धामी र पुजारीहरूका घरहरूमा ती देविदेवताका जहाज (देवताका मुर्ति लगायतका सामान र पुजाकोठा) हुन्छन् । यसैगरी प्रत्येकका घरमा पनि पर्व र उत्सवहरूमा देविदेवताहरूलाई चढाइएका÷छुट्याइएका ध्वजा र घण्टहरूका साथै उनीहरूका निश्चित स्थान हुन्छन् । यी ठाउँ र स्थानहरू सधै पवित्र राखिनु पर्दछ भन्ने मान्यता रहि आएकाले समेत रजस्वला अवधिमा यहाँका ठाउँहरूमा महिलाहरू घर आँगनमा प्रवेश गर्दैनन ।

३.पुजाआजा, भातभान्सा र घरभित्रका काममा लाग्न नदिनुः देविदेवताहरूको पूजाआजा सफा शुद्ध र पवित्र भएर गरिने परम्परा रहेकाले यो क्षेत्रमा रजस्वला भएका नारीहरूलाई पूजाआजामा सरिक हुन दिइदैन । त्यसैगरी भातभान्सा समेत सफा र शुद्ध भई गर्ने र खाना खाँदा समेत कपडा फेरेरमात्र खाने परम्परा रहेकोमा हालसम्म पनि रजस्वला भएका नारीहरूलाई भातभान्सा तयारी गर्न दिइदैन । बरु यो अवधिमा उनीहरूलाई अरुले नै पकाएर खान दिन्छन् । रजस्वला भएका महिलाहरूले घर आँगन, भाँडाकुँडा र घर भित्रको सरसफाई लगायतका कामहरू गर्न पाउदैनन् । यो अवधिमा उनिहरूले घाँस दाउरा, मेलापात, बस्तभाउँ चराउने र बालीनाली स्याहार्ने देखी खेतीपातीका अन्य कामहरूमा सहयोग र साझेदारी गर्ने गर्दछन् ।

४.साँघुरा र पर्याप्त ठाउँ नभएका कटेरा/छुइन्यारी गोठ/छाउकुल्लाको बासः देविदेवता मान्ने प्रचलन र घरहरूमा उनीहरूको स्थान पवित्र राख्नु पर्ने मान्यताले गर्दा मासिकश्रावको अवधिमा महिलाहरू घरमा नबसी उनीहरूका लागि बनाइएका कटेरा, छुइन्यारी गोठ र छाउकुल्लामा बस्ने गर्दछन । यी कटेराहरू साँघुरा, होचा र झ्याल ढोका नभएका हुन्छन् तर सबै यस्तै किसिमका भने हुँदैनन् । यस्ता कटेराहरू छुइन्यारी/छाउपडी प्रयोजनका लागि मात्र नभएर घाँस, दाउरा लगायत खेतीपाती, पशुधन र घरायसी प्रयोजनका घरभित्र राख्न नमिल्ने र नअटेका तथा थोत्रा—झुत्रा आंशिक काम लाग्ने र पछि काम लाग्न सक्ने मालताल तथा बस्तुहरू राख्ने प्रयोजनका लागि समेत बनाइएका हुन्छन् ।

यो क्षेत्रमा रजस्वला भएका महिलाहरूलाई उनीहरूका प्रयोगका लागि छुट्याइएका बाहेक घरमा प्रयोग हुने अन्य सबै भाँडाकुँडा र कपडाहरू प्रयोग गर्न दिइदैन । त्यसैगरी गाउँटोलले प्रयोग गर्ने खानेपानीका पँधेरा तथा धाराहरू समेत प्रयोग गर्न दिइदैन । उनीहरूको प्रयोगका लागि अलग्गै धारा तथा पँधेराको व्यवस्था गरिएको हुन्छ ।

५.कपडा, भाँडाकुँडा, पानी पँधेरा र धाराहरू प्रयोग गर्न नदिनुः यो क्षेत्रमा रजस्वला भएका महिलाहरूलाई उनीहरूका प्रयोगका लागि छुट्याइएका बाहेक घरमा प्रयोग हुने अन्य सबै भाँडाकुँडा र कपडाहरू प्रयोग गर्न दिइदैन । त्यसैगरी गाउँटोलले प्रयोग गर्ने खानेपानीका पँधेरा तथा धाराहरू समेत प्रयोग गर्न दिइदैन । उनीहरूको प्रयोगका लागि अलग्गै धारा तथा पँधेराको व्यवस्था गरिएको हुन्छ । अलग्गै धारा तथा पँधेरा नभएका ठाउँमा उनीहरूले नजिकैका खोला तथा नदिको पानी समेत प्रयोग गर्दछन । यसरी रजस्वला भएका महिलाहरूका लागि प्रयोग गर्ने कपडा, भाँडाकुँडा र पानीका पँधेरा तथा धारा समेतको अलग्गै व्यवस्था गरिएको हुनाले र देविदेवता र धर्म परम्पराको कारणले समेत उनीहरूलाई यो अवधिमा घरपरिवारले प्रयोग गर्ने अन्य कपडा, भाँडाकुँडा र पानीका धारा प्रयोग गर्न दिइदैन ।

६.न्याना कपडा र ओड्ने ओछ्याउने प्रयोग गर्न नदिनुः पहाडका कतिपय ठाउँहरूमा दिउँसो पुरा समय घाम लाग्दैन र जाडो समेत हुने गर्दछ । घाम पनि नलाग्ने र जाडो पनि हुने भएकाले यी ठाउँहरूमा धोएर घाममा सुकाएका लुगाहरू सुक्न धेरै समय लाग्दछ । रजस्वला अवधिभरी दैनिक नुहाउनु पर्ने र प्रयोग गरेका कपडाहरू धोएर सफा गरी प्रयोग गर्नु पर्ने प्रचलन छ । तर सुकाएका लुगाहरू उही दिन नसुक्ने हुनाले दिनदिनै धुन र सुकाउन व्यवहारिक रूपमा निकै कठिनाई हुन्छ त्यसैले यहाँ रजस्जला भएका महिलाहरूले पातला र धोएर सुकाउदा छिटै सुक्ने खालका ओढने र ओछ्याउने कपडाहरू प्रयोग गर्दछन । यसबाट हिँउदका दिनहरूमा उनीहरूले जाडोबाट हुने समस्याको सामना गर्नु पर्ने हुन्छ ।

छाउपडी रित/परम्पराले राष्ट्रिय रुपमा उठाएको सवाल र सरोकार
मध्य तथा सुदुरपश्चिमका धेरै ठाउँमा अझै पनि रहेको छुई/छाउ बार्ने यो प्रचलनले राष्ट्रिय स्तरको निकै ठुलो बहसलाई चर्चामा ल्यायो । महिला अधिकार, महिला सुरक्षा, महिलाको अस्मिता रक्षा, विभेद र सामाजिक न्याय जस्ता पाटाहरूलाई यो प्रचलनसँग जोडेर धेरै चर्चा र परिचर्चाहरू चलाइए । यो प्रचलनलाई छाउपडी प्रथाको नामाकरण गरी यसको उन्मुलनका लागि धेरै प्रयासहरू गरिए । यो प्रचलनका विसङ्गती, विकृती र यसबाट सिर्जना भएका सामाजिक अपराधलाई आधार मानेर यति धेरै बहस र पैरवी भयो कि सरकारले समेत यो प्रचलनलाई प्रथाकै रूपमा स्विकार गरेर सामाजिक अपराधका रूपमा व्याख्या गरी कानुनको दायरामा ल्यायो । छुई/छाउ बार्ने प्रचलन राष्ट्रिय बहसमा आएर छाउपडी प्रथाको रूपमा स्थापित भएपछि यो प्रथाका कारणले समाजमा निम्नानुसार सामजिक बिकृती र कुरीतीहरूले सिर्जना भएको पाइयो ।

क. पोषिलो खानामा विभेद
ख. न्यानो कपडामा विभेद
ग. घर आँगन प्रवेशमा निषेध
घ. पानी पँधेरा र धारामा विभेद
ङ. आवसमा विभेद

छाउपडी प्रथाबाट सिर्जित उपरोक्तानुसारका समस्याहरूको बारेमा माथी नै चर्चा गरी सकिएको छ । यसैले ती सबै सवालहरूमा पुनःचर्चा नगरिकन यहाँ आवासमा हुने विभेद र यसबाट श्रृजना हुने समस्याहरूको बारेमा चर्चा गरिने छ । रजस्वला भएका महिलाहरूलाई बस्न बनाइएका साना कटेरा, छाउकुल्ला र छाउगोठहरूका निम्नानुसारका विशेषता हुन्छन ।

१.छाउपडी बस्ने कटेराहरू निकै साना, साँघुरा र होचा हुन्छन् ।
२. यी कटेराहरूमा झ्याल, ढोका र भेन्टीलेसनको व्यवस्था हँुदैन ।
३. यी छाउगोठहरू अँध्यारा र चिसा हुन्छन् ।
४.यी कटेराहरू घरबस्ती भन्दा अलि टाढा हुन्छन् ।
५.यी छाउकुल्लाहरू घामपानी राम्रोसँग छल्न सक्दैन ।

छुइन्यारीहरू छाउकटेरा/छाउकुल्लामा बस्दा भएका समस्या र विकृतीहरूः
१. छाउपडी बस्ने कटेराहरू होचा, साना र साँघुरा हुनेहुँदा त्यहाँ उचित सरसफाई हुँदैन यसबाट फोहोरजन्य सङ्क्रमणबाट हुने रोगहरू लाग्दछन ।
२. छाउकुल्लाहरूमा झ्याल र भेन्टीलेशन नहुने हुँदा उचित मात्रामा प्रकाश र उज्यालो हुँदैन । यसैले यहाँ भित्र निस्सासिएर उकुसमुकुस वातावरणमा बस्नु पर्ने हुँदा स्वास प्रस्वास जन्य रोगहरूको सामना गर्नु पर्ने हुन्छ ।
३.छाउगोठका भुईहरूमा सुत्नुपर्ने हुँदा सर्प बिच्छी जस्ता बिशालु किराहरूले टोकेर ज्यान जाने गरेको पाइन्छ ।
४. छाउकटेराहरू घरभन्दा अलि पर हुने र यिनीहरूका भित्ता पर्खाल तथा ढोकाहरू समेत बलिया र भरपर्दा नहुने हुँदा बलात्कार जस्ता अपराधको समेत सामना गर्नु पर्ने हुन्छ ।
५. यस्ता कटेराहरूका छाना समेत घामपानी छेक्न नसक्ने किसिमका हुने हुँदा मौसमी घाम तथा पानीको प्रभावबाट हुन जाने रोगहरूको सामना गर्नु पर्ने हुन्छ ।
६. परिवार बाट अलग्गै सानो र साँघुरो ठाउँमा बस्नुपर्दा हिनता र खिन्नतावोध हुन्छ ।

छाउपडी प्रथा उन्मुलनका लागि गरिएका प्रयासले सफलता पाएका छन् त ?

छुई/छाउ प्रचलन/प्रथाको उपरोक्तानुसारको विवेचना र हालसम्म सरकारी, गैरसरकारी संस्थाहरूको संलग्नता तथा समाज सुधारक एवम् सामाजिक अभियन्ताहरूको पहलकदमीमा यो प्रचलनको अन्त्यका लागि धेरै प्रयास भए र सुधारका लागि विभिन्न विधि प्रयोग गरिदै आएका छन् । व्यक्तिगत, संस्थागत र सरकारी पहल र प्रयासले गर्दा यो प्रचलनका बारेमा जनचेतनाको स्तरमा केही सुधार हँदै आएको छ । चेतना अभिवृद्धिका कारणले रजस्वला अवधिमा महिलाहरूले सावधानी अपनाउने गरेको पाइन्छ ।

देशको मध्य तथा सुदुर पश्चिमका अधिकाँश ठाउँहरूमा महिलाहरू रजस्वला भएका बखत बारिने छुई/छाउ प्रचलन/प्रथाको उपरोक्तानुसारको विवेचना र हालसम्म सरकारी, गैरसरकारी संस्थाहरूको संलग्नता तथा समाज सुधारक एवम् सामाजिक अभियन्ताहरूको पहलकदमीमा यो प्रचलनको अन्त्यका लागि धेरै प्रयास भए र सुधारका लागि विभिन्न विधि प्रयोग गरिदै आएका छन् । व्यक्तिगत, संस्थागत र सरकारी पहल र प्रयासले गर्दा यो प्रचलनका बारेमा जनचेतनाको स्तरमा केही सुधार हँदै आएको छ । चेतना अभिवृद्धिका कारणले रजस्वला अवधिमा महिलाहरूले सावधानी अपनाउने गरेको पाइन्छ । सामाजिक दृष्टीकोणमा समेत केही परिवर्तन भएको पाइन्छ तथापी यो प्रचलन हटेर जाने लक्षण भने देखिएको छैन ।

छाउपडी प्रचलनको चुरो समस्या घरहरूको बनोट र निर्माणशैली
छाउपडी प्रचलन हटाउनका लागि धेरै प्रयासहरू गरिए । समाधानका लागि धेरै सचेतना कार्यक्रमहरू सञ्चालन गरिए । महिलाहरू छुई भएका बेला उनीहरूले देविदेवताका सामानहरू र पुजास्थल छोएमा अनिष्ठ हुने भन्ने यहाँका मानिसहरूको विश्वासका कारणले गर्दा नै छुइन्यारीहरूलाई घर बाहिर अलग्गै राखिने गरिन्छ । यो बेला महिलाहरूलाई घर बाहिर राखेका कारणले हुने गरेका समस्याले नै यो प्रचनलनले कुप्रथाको दर्जा पाएको हो । यसैले यहाँका मानिसहरूको देविदेवताप्रतिको विश्वासलाई यस क्षेत्रको छाउपडी प्रथाको मुख्य कारकका रूपमा लिने गरिएको छ ।

छाउपडी प्रचलन र यसबाट सिर्जना भएका समस्याहरूको मुख्य कारण यहाँका घरहरूको मोडेल (ढाँचा) हो । यहाँका अधिकाँश घरहरू तीनतले हुन्छन् । माथिल्लो गह्राको जमिनको सतह खारेर (काटेर) बनाइएका घरहरूका भुईतलाको भाग तल्लो गह्रामा खुलेको हुन्छ । भुईतलामा पशुहरू र उनीहरूका लागी आवश्यक खर, पराल र दाना भण्डारणका लागि छुट्याइएको हुन्छ । भुईतलाभन्दा माथिल्लो तलाको भाग घर बनाउन काटिएको गह्रासँग जोडेरे अगाडी आँगन निकालिएको हुन्छ । आँगन तिर खुलेको भागको अगाडी खुल्ला र बैठक कोठा जस्तो हुन्छ । यसको एकातिर भान्सा र अर्कोतिर मुल ढोका राखिएको हुन्छ । यही मुल ढोकाबाट घर भित्रको सबै भागमा प्रवेश गर्ने र भित्रबाट बाहिर निस्कने गरिन्छ । यो भन्दा भित्रको भाग पुरै अँध्यारो हुन्छ । घरका मुल ढोकाबाट नै सबैले ओहोरदोहोर गर्नु पर्ने भएकाले पनि घरभित्र ठाउँ भए पनि धार्मिक मान्यता र विश्वासका कारणले छुई भएको बेला अरुसँग छोइने भएकाले पनि त्यो अवधिभर महिलाहरू अलग्गै बस्नु पर्ने हुन्छ ।

घरको दोस्रो तलाको वरिपरी धेरै झ्यालहरू राखिएका भए पनि यी झ्यालहरू आँखी झ्यालहरू मात्र हुन् । यिनीहरूबाट घरभित्र पर्याप्त मात्रामा प्रकाश समेत पुग्दैन । जाडोबाट जोगिनका लागि यहाँका घरका झ्यालहरू खुल्ला र पल्ला भएका हुँदैनन । यो तलामा भान्सा, सुत्ने ठाउँ र अन्न लगायत अरु मालसामानहरू भण्डार गर्ने गरिएको हुन्छ । सबैभन्दा माथिल्लो तलामा देवताका सामान, कृषि औजार र अन्न भण्डारणका लागि प्रयोग गरिने खाली भकारी लगायतका सामान राखिएका हुन्छन् । अधिकाँश घरहरूका मानिसहरू सुत्ने तलामा कोठाहरू पनि हुँदैनन । दिवाल वा पर्खालले छेकिएका मैणाहरू (भित्तासँग सटेको भुईँको भाग) हुन्छन् । सुत्नका लागि यिनै मैणाहरू प्रयोग गरिन्छन । कुनै कुनै बार्दली कसिएका घरहरूमा बार्दलीतिर खुल्ने गरी केही कोठाहरू समेत बनाइएका हुन्छन । यस्ता घरका कोठाहरूमा ढोका र केही झ्यालहरू समेत हुने गर्दछन । तर यस्ता घरहरूका बार्दलीबाट निस्कने बाटो समेत घरको मुलबाटोमै खुल्ने र माथिल्लो भागमा देवताको स्थान हुने कारणले पनि यस्ता घरहरूमा समेत रजस्वला भएका महिलाहरू बस्दैनन् । घरहरूको बिचको तल्लामा खाना पकाउने र खानेका काम हुन्छ । यहि तलामा लुगाफाटा र भाँडाँकुडा राख्ने तथा अनाज थन्काउने समेत गरिन्छ । यति सबै कुरा यो तलामा व्यवस्थापन गर्दा यहाँ समेत पर्याप्त ठाउँ हुदैन । यसैले पनि छुई भएका बेला यहाँका महिलाहरू चाहेर पनि यो बेला घरमा बस्न सक्दैनन् ।

समस्याको निराकरण र सुधारको अचुक उपायः घर निर्माणको ढाँचामा सुधार
छाउपडी प्रथा/प्रचलन हटाएर यो प्रचलनका कारण हुने गरेका बिभिन्न समस्याहरूको निराकरणका लागि सरकार र सरोकारवाला धेरै व्यक्ति तथा संघसंस्थाहरूको प्रयास जारी रहेको छ । अहिलेसम्म यो समस्या समाधानका लागि धेरै उपायहरू अवलम्बन पनि गरिएका छन् तथापि परम्परादेखि व्यवहारमा मान्यता पाएको यो प्रचलन यहाँको समाजको गरिबी, पछौटेपन, अशिक्षा र धार्मिक विश्वासको आडमा निरन्तर प्रचलनमा रहेको छ ।

तराईतिर प्रचलनमा रहेका भुईँ घरको (मिनीघर) को मोडेल पहाडमा भित्र्याउन सकेको खण्डमा यो प्रचलनको निराकरण हुनेछ । यो प्रथा रहेका ठाउँहरूमा आँगन तथा ग्यालरीमा खुलेका ढोका र प्रत्येक कोठामा झ्याल भएका बहुकोठे घरहरू बनाउन लगाउनु पर्दछ । यसका लागी छाउपडी प्रथा उन्मुलनमा लागेका व्यक्ति, संघसंस्था तथा सरकारी निकाय र सरोकारवाला सबैले प्रोत्साहन मुलक कार्यक्रमहरू ल्याउनु पर्दछ ।

यो समस्या समाधानका लागि अब यहाँका घरको निर्माण शैलीमा परिवर्तन गरिनु पर्दछ । तराईतिर प्रचलनमा रहेका भुईँ घरको (मिनीघर) को मोडेल पहाडमा भित्र्याउन सकेको खण्डमा यो प्रचलनको निराकरण हुनेछ । यो प्रथा रहेका ठाउँहरूमा आँगन तथा ग्यालरीमा खुलेका ढोका र प्रत्येक कोठामा झ्याल भएका बहुकोठे घरहरू बनाउन लगाउनु पर्दछ । यसका लागी छाउपडी प्रथा उन्मुलनमा लागेका व्यक्ति, संघसंस्था तथा सरकारी निकाय र सरोकारवाला सबैले प्रोत्साहन मुलक कार्यक्रमहरू ल्याउनु पर्दछ ।

सरकारले अहिले खरका छाना हटाउने अभियान सञ्चालन गरेको छ । यसका लागि खरका छाना भएका घरधनीहरूलाई अनुदानमा जस्ता पाता दिने गरिएको छ । यो कार्यक्रमसँगै जोडेर पहाडी क्षेत्रमा त्यहीको स्रोतसाधन प्रयोग गरी साना र चिटिक्क परेका सुविधाजनक घरहरू बनाउन थप अनुदान कार्यक्रम ल्याउनु पर्ने देखिन्छ । दिवालका लागि ढुङ्गा उपलब्ध हुने ती ठाउँहरूमा झ्याल ढोकाका लागि काठ र छानाका लागि जस्ता पाता तथा निर्माण ज्यालाका लागि नगदमा केही रकम समेत अनुदानमा दिने कार्यक्रम सञ्चालन गरिनु पर्दछ ।

यस्तो कार्यक्रम सञ्चालनका लागि प्राथमिकतामा राख्नुपर्ने घरपरिवारहरूः
–आर्थिक अवस्था कमजोर र रजस्वला हुने उमेर समुहका छोरी–बुहारीको सङ्ख्या बढी भएका घर परिवारहरू ।
–आर्थिक कारणले घर बनाउन नसक्ने घर परिवारहरू ।
–आर्थिक अवस्था कमजोर र काम गर्न सक्ने मानिसहरू नभएका परिवारहरू ।

नयाँ घरहरू बनाउन सकेमा रजस्वला भएका महिलाहरू लगायत घरपरिवारका अन्य सदस्यहरू आ– आफ्नो सुविधा अनुसार अलग अलग कोठामा बस्न सक्दछन । यसबाट छाउपडी प्रथाबाट उत्पन्न हुने समस्याहरू सधैका लागि निराकरण भएर जानेछन र यहाँको समाज छाउपडी प्रथाबाट मुक्त भई यो प्रचलनका कारणले यहाँको समाजमाथि लाग्ने गरेका लाञ्छनाहरू समेत हटेर जानेछन् ।

यो अवस्था बाहेक गाउँघरका पुराना र परम्परागत घरहरू भएका घरपरिवारलाई समेत यस्ता मोडेलका नयाँ घरहरू बनाउन प्रोत्साहन गर्दै उनीहरूलाई समेत अनुदान कार्यक्रममा सहभागी गराउनु पर्दछ । यसरी उपरोक्तानुसारका ठाउँहरूमा सो किसिमका नयाँ घरहरू बनाउन सकेमा रजस्वला भएका महिलाहरू लगायत घरपरिवारका अन्य सदस्यहरू आ– आफ्नो सुविधा अनुसार अलग अलग कोठामा बस्न सक्दछन । यसबाट छाउपडी प्रथाबाट उत्पन्न हुने समस्याहरू सधैका लागि निराकरण भएर जानेछन र यहाँको समाज छाउपडी प्रथाबाट मुक्त भई यो प्रचलनका कारणले यहाँको समाजमाथि लाग्ने गरेका लाञ्छनाहरू समेत हटेर जानेछन् ।

त्यहाँका पुराना घरहरूको मोडल परिवर्तन गर्न सकेमा थप निम्नानुसार सुधार हुनेछ ः
–झ्याल ढोका नभएका घरहरूमा आगो बाल्दा हुने धुवाँजन्य स्वास्थ्य समस्याबाट राहत ।
–झ्याल ढोका नभएका घरहरूमा हुने अँध्यारोको समस्याबाट राहत ।
–घर परिवारका लुगाहरू फोहोर मैला हुने समस्याहरूबाट राहत ।
–पाहुनाहरू आउँदा एउटै ठाउँमा राख्नुपर्दा हुने कठिनाइबाट राहत ।

नयाँ र सुविधाजनक घरहरू निर्माणका लागि अनुदान स्रोतको व्यवस्थापनः
–घरको सस्तो र सुविधाजनक मोडलको छनौट गरी यसको स्थानीय स्तरमा हुन आउने लागतको अध्ययन गर्नु पर्दछ ।
–छाउपडी प्रथा रहेका स्थानीय सरकारले आफ्ना ठाउँहरूमा के कति सङ्ख्यामा त्यस्ता घरहरू आवश्यक छन् र क–कसलाई कति अनुदान आवश्यक पर्छ सोको एकिन गर्नु पर्छ ।
–आफ्नो ठाउँमा बनाइनु पर्ने घर सङ्ख्या र आवश्यक बजेट निक्र्योल गरी सके स्थानीय सरकारले आफ्नो स्रोत साधन र वित्तबाट आफ्नो समुदायमा यस्ता घरहरू बनाउने अभियानको घोषणा गर्दै सो को कार्यान्वयनका लागि बजेट छुट्याउनु पर्दछ ।
–आफूले यस्तो अभियानको थालनी र बजेट व्यवस्था गरे पछि आप्mनो कार्ययोजना सहित केन्द्र र प्रदेश सरकारसँग यो परियोजना सञ्चालनका लागि बजेट माग गर्नु पर्दछ ।
–केन्द्र र प्रदेश पछि यो अभियानमा हातेमालो गरिरहेका र गर्न चाहने तथा सम्भाव्य अन्य व्यक्ति तथा गैर सरकारी संघ संस्था र बिदेशी सरकार एवम् अन्तर्राष्ट्रिय गैर सरकारी संघसंस्थाहरूसँग समेत सहयोगका लागि समन्वय गर्नु पर्दछ ।

यसरी स्थानीय सरकारले आफ्नो योजना र रणनीतिमा यो अभियान सञ्चालनको घोषणा गरी कार्यक्रम सुरु गरी त्यहाँको आवश्यकता र प्राथमिकिकरणका आधारमा यस्ता घरहरू निर्माण गर्न थालेमा त्यहाँका गाउँघरको स्वरूप नै परिवर्तन भई त्यहाँबाट सामाजिक गरिबी, अभाव र पछौटेपनका कारणले बर्षौदेखि जकडिँदै आएका समस्याहरूको निराकरण समेत द्रुत गतिमा हुनेछ । यसपछि यहाँका समाजहरू छाउपडी प्रथा रहित हुने छन् ।

(शाही कर्णालीको लोक संस्कृतिका विविध पाटासम्बन्धी अनसन्धानकर्ता हुन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको