१० आश्विन २०७८, आईतवार

महाकाली नदीमा तुईन तर्ने क्रम एसएसबीले तुईन काट्दा एक जना बेपत्ता



१५ साउन, दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका– २ मालमा तुईन तर्ने क्रममा एक जना महाकाली नदीमा बेपत्ता भएका छन् । महाकाली नदीमा तुईन तर्ने क्रम एसएसबीले तुईन काट्दा ३५ वर्षीया जयसिह धामी महाकालीमा बेपत्ता भएको प्रत्यक्षदर्शी स्थानीय जनकसिह धामीले जानकारी दिएइ ।

शुक्रबार बिहान गाउँबाट दार्चुला सदरमुकाम आउनका लागि भारतको बाटो हुदैँ तुईन तरेर आउन लागेका थिए । बेपत्ता धामी तुईन तरेर भारतीय क्षेत्रमा पुगेका थिए । तुईनबाट तरेको भन्दै भारतीय एसएसबीले धम्क्याएर तुईन काट्दा धामीको नदीमा हुत्तिएको वेपत्ता भएको स्थानीयले बताएका छन् ।

प्रत्यक्षदर्शी जनकसिह धामीले ‘पाँच छ जना स्थानीयहरु सामान लिन बजार जान भारतको बाटो हुदै गइरहेका थियौ, तीन जना तुईनबाट भारत तरेका थिए , जयसिह धामी तर्नेबेला एसएसबी पुगे । एसएसबीहरुले तुईन खोल्न भनि धम्क्याएपछि एक्लै तुईन खोलिरहेका थिए, महाकाली नदीको पानीको बहावले तार खोल्दा तारसंगै मान्छे पनि नदीले तान्यो, नदीमा बगेपछि बेपत्ता छ, खोजिरहेका छौ’ भने ।

घटनाबारे प्रहरी चौकी दुम्लीङलाई जानकारी गराएको उनको भनाई छ । नेपालतर्फ सडक नहुदाँ ब्यास क्षेत्रका स्थानीयहरु दार्चुला सदरमुकाम खलंगा आउनका लागि भारतको बाटो भएर महाकाली नदीमा तुईन तरेर आउनुपर्ने बाध्यता रहेकाे छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको