१० आश्विन २०७८, आईतवार

दुई वर्षदेखि कर्णालीका उत्तरी नाका खुलेनन्




१५ साउन, सुर्खेत । कोरोना महामारीका कारणले कर्णालीका चीनसँग जोडिएका उत्तरी नाका खुलेका छैनन् । कर्णालीका चीनसँग जोडिएका हिल्सा, नाक्चेलाग्ना नाका कोरोना महामारीका कारणले दुई वर्षदेखि बन्द रहेका छन् ।

उत्तरी नाका नखुल्दा चीनसँगको व्यापारमा कमी आएको र उत्तरी नाका खुलाउन पहल गर्न आवश्यक रहेको हुम्लाको चीनसँगको व्यापारमा कमी आएको उद्योग वाणिज्य महासंघ हुम्लामा अध्यक्ष नाम्ग्याल तामाङले बताए । ‘उत्तरी नाका नखुल्दा चीनसँगको नेपालको व्यापार घाटा भएको छ ।’ उनले भने,‘चीन र नेपाल सरकारले चासो नदेखाउँदा दुबै देशको व्यापार सम्बन्ध दुई वर्षदेखि हुन सकेको छैन् ।’

चीनको ताक्लाकोटमा नेपालीहरु रोजगारीमा जाने गरेको नाका नखुल्दा रोजगारीसमेत गुमेको अध्यक्ष तामाङले बताए । ‘यहाँका अंधिकास युवायुवती ताक्लाकोटमा रोजगारीका लागि जाने गरेका थिए ।’ उनले भने,‘उनीहरुको रोजगारीसमेत गुमेको छ ।’

सिमा नाका नखुल्दा कैलाश मानसरोवर जाने तिर्थ यात्रुहरु पनि दुई वर्षदेखि आउन नपाएका कारणले हुम्लाको पर्यटन क्षेत्रमा ठुलो असर परेको पर्यटन व्यवसायी ग्याल्जेन लामाले बताए । ‘कैलाश मानसरोवर जाने तिर्थालुका कारणले हुम्लामा पर्यटन क्षेत्रबाट राम्रो आम्दानी हुने गरेको थियो ।’ उनले भने,‘पर्यटन क्षेत्रबाट पाउने रोजगारी र आम्दानी दुबै गुमेको छ ।’

चीनमा हुम्लाबाट जडिबुटी निकासी हुने गरेरको त्यसबाट राम्रो आम्दानी गरेकोमा दुबै देशका अध्यागमन कार्यालय नखुलेका कारणले व्यापार घाटा भएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताए । ‘नाका बन्दकै कारण दुई वर्षयता दुई देशका सीमा क्षेत्रको स्थानीय प्रशासनबीच सीमा वार्तासमेत हुन सकेको छैन ।’ उनले भने,‘सीमा खुलाउनका लागि दुबै देशका सरकारी अधिकारीबीच छलफल हुन आवश्यक रहेको छ ।’

नाका नखुल्दा रोजगारीका लागि चीन गएका उतै राकिए

कोरोना महामारीका कारणले नाका नखुल्दा चीनको ताक्लाकोटमा रोजगारीका गएका हुम्लाका युवायुवतीहरु चीनमा नै रोकिएका छन् । २०७६ सालमा चीनको ताक्लाकोटमा काम गर्न तथा व्यापारका लागि गएका चीनमा नै रोकिएका हुन् ।

हुम्लाका १ सय ४७ जना हाल चीनको ताक्लाकोटमा रहेको नाका नखुल्दा अहिले पनि चीनमा नै काम गरिरहेको नाम्खा गाउँपालिकाका अध्यक्ष तामाङले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको