३१ आश्विन २०७८, आईतवार

ओलम्पिकमा शुक्रबार बिहान सरस्वतीले एथ्लेटिक्समा प्रतिस्पर्धा गर्दै



१४ साउन, काठमाडौं । टोकियो ओलम्पिकमा नेपालबाट एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले शुक्रबार बिहान प्रतिस्पर्धा गर्दैछन् । ओलम्पिकमा भाग लिएका ५ खेलाडीमध्ये चौधरीले शुक्रबार नेपालको अन्तिम प्रतिस्पर्धा गर्दैछन् ।

चौधरीले महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा प्रतिस्पर्धा गर्नेछिन् । उनले मुख्य हिटमा पुग्नका लागि नै प्रारम्भिक चरण पार गर्नु पर्ने हुन्छ । प्रारम्भिक चरणमा तीन वटा हिट रहेकामा नेपालकी सरस्वती हिट २ मा छिन् । उनले ९ जना खेलाडीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

युनिभर्सल कोटामा टोकियो ओलम्पिकमा सहभागी भएकी सरस्वतीको बेस्ट टाइमिङ सन् २०१९ को १३ औं दक्षिण एसियालीमा १२ः५५ सेकेण्डको रकर्ड रहेको छ । त्यसभन्दा अघि २०१९ मै कतारको दोहामा भएको वर्ल्ड च्याम्पियनसिपमा उनले १२ः७२ सेकेण्ड टाइमिङ निकालेकी थिइन् ।

महिला १०० मिटरमा राष्ट्रिय कीर्तिमान भने देवीमाया पनेरुको नाममा रहेको छ । पनेरुले सन् १९९९ को सागमा १२.१९ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

सुरुमा नेपालबाट म्याराथुन धावक गोपीचन्द्र पार्कीले ओलम्पिकमा सहभागिता जनाउने पक्का भएपनि पछि धेरै कोटा भएको भन्दै उनको सट्टा महिला १०० मिटरमा सरस्वतीलाई ओलम्पिकमा पठाइएको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको