२ कार्तिक २०७८, मंगलवार

कीर्तिमान सुधार गर्न सकेकामा खुशी छुः गौरिका सिंह



१४ साउन, काठमाडौं । नेपाली पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान सुधार गरेकोमा आफू खुशी रहेको बताएकी छन् । टोकियो अब्वाईटिक्स सेन्टरमा पहिलो चरणमा प्रतिस्पर्धा गरेकी उनले १ मिनेट ११ मिलिसेकेण्ड समयसहित लङ कोर्समा कीर्तिमान सुधार गरेकी हुन् ।

हिट्स १ को लेन ४ मा गौरिकाले ५० मिटरको लङ कोर्समा कीर्तिमान बनाएपछि भनिन्, ‘राष्ट्रिय कीर्तिमान बनाउन सकेकोमा एकदम खुशी लागेको छ ।’

बुधबारको प्रतिस्पर्धामा कीर्तिमान सुधार गरे तापनि गौरिका अघिल्लो चरणमा पुग्न भने सफल भइनन् । उनले तोकुसिमामा आफ्नो कोच नभए पनि लङ कोर्समा थोरै अभ्यास गरेर कीर्तिमान बनाउन सकेकोमा खुशी लागेको बताइन ।

गौरिकाले ५० मिटरको लङ कोर्समा २०१९ मा भएको १८ औं फिना वर्ल्ड च्याम्पियनसिपमा १ मिनेट ६२ मिलिसेकन्डको कीर्तिमान टोकियो ओलम्पिकमा सुधार गरेकी हुन् । लगातार दोस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी गौरिका सन् २०१६ को रियो ओलम्पिकमा भाग लिने सबैभन्दा कान्छी खेलाडी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको