१० आश्विन २०७८, आईतवार

कोरोना खोप लगाउन होटेल व्यवसायीको माग




१४ साउन, सुर्खेत । सुर्खेतका होटल व्यवसायीहरुले कोरोना खोपको माग गरेको छन् । कोरोना महामारीका कारणले होटेल व्यवसायमा असर परेको भन्दै उनीहरुले कोरोना खोपको माग गरेका हुन् ।

कोरोनाकै कारण दुई वर्षदेखि होटल व्यवसाय थला परेकोले आवश्यक नीति तथा कार्यक्रमबाट राहत दिन सरकारले पहल गर्नुपर्ने होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख रावतले बताए । ‘बिगत दुई वर्षदेखि हामी थला परेका छौं । राज्यले पनि हामीबाट कर लिने बेला लिन्छ, तर अहिले हामी समस्यामा पर्दा केही राहत दिन सक्दैन ।,’ उनले भने, ‘कोरोना महामारी खोप पनि दिन कञ्जुस्याईं गरिरहेको छ ।’

अध्यक्ष रावतका अनुसार सुर्खेतमा मात्र १२ सय ५० होटलहरुमा पाँच हजार कर्मचारीहरु रहेका छन् ।

कर्णालीका होटल व्यवसायी र त्यहाँ काम गर्ने कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप लगाउनुपर्ने माग समेत गरेका छन् ।

कोरोना बिरुद्धको खोप होटल व्यवसायीहरुलाई लगाउनका पहल गरिने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बताए ।

बिहीबार होटल व्यवसायी संघ सुर्खेतद्धारा जारी गरिएको माग पत्र बुझ्दै उनले सो कुरा बताएका हुन् । ‘अहिले हाम्रो प्राथमिकता भनेको नागरिकको स्वास्थ्य हो, त्यसैले सबै नागरिकलाई खोप लगाउने लक्ष्य छ । सोही अनुसार स्वास्थ्यकर्मी, सञ्चारकर्मी, जेष्ठ नागरिक, सफाईकर्मी र शिक्षकले खोप लगाउने काम भइरहेको छ ।,’ उनले भने, ‘होटल व्यवसायी र यहाँ काम गर्ने कर्मचारीहरु पनि कोरोनाको जोखिम हुने भएकोले केन्द्र सरकारसँग समन्वय गरी खोप लगाउन प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयले पहल गर्नेछ ।’

कोरोना महामारीको चपेटामा होटल व्यवसाय क्षेत्र पनि परेकोले यसलाई माथि उकास्ने खालका कार्यक्रमहरु ल्याउने विषयमा सामाजिक विकास मन्त्रालयको ध्यानाकर्षण भएको मन्त्री बुढाक्षेत्री बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको