१६ श्रावण २०७८, शनिबार

सिजनको तेस्रो उपाधि उचाल्यो पीएसजीले



१७ साउन, काठमाडौं । फ्रेन्च लिग कपको तेस्रो सिजनको उपाधी विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)ले हात पारेको छ । शुक्रबार राती भएको निर्णायक खेलमा टिम लियोनललाई पराजित गर्दै पिएसजी उपाधी विजेता बनेको हो ।

खेल गोलरहित बराबरीमा रोकिएपछि थपिएको अतिरिक्त समयमा पनि दुबै टिमबाट कुनै गोल नहुदा खेल पेनाल्टी प्रवेश गरेको थियो । पेनाल्टीमा पीएसजीले लियोनललाई ६–५ गोल अन्तरले पछि पार्दै उपाधी बाजी मारेको हो ।

फ्रेन्च लिग कपको उपाधि उचाल्दै पिएसजी नवौं पटक च्याम्पीयन बनेको हो । फ्रेन्च लिग कपको तेस्रो सिजनको उपाधि जितेसँगै अब पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इटालियन क्लव एटलान्टाको प्रतिस्पर्धा गर्दैछ ।
स्रोतः एजेन्सिको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु