२ कार्तिक २०७८, मंगलवार

बाढीले घट्ट बगाउँदा एक महिलाको मृत्यु




१४ साउन, जुम्ला । जुम्लाको छुमचौरमा भीषण वर्षापछि आएको बाढीले घट्ट बगाउँदा अपाङ्गता भएकी एक महिलाको ज्यान गएको छ। बाढीले घट्ट बगाउँदा जुम्ला पातारासी गाउँपालिका वडा नम्बर ३ की ३५ वर्षीया शर्मिला बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

शारीरिक रुपमा अपाङ्ग र बोल्न नसक्ने महिलालाई बाढीले बगाएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी यौवन चौधरीले बताए । पातारासी गाउँपालिकाका वडाध्यक्ष बिर्खराम बोहराका अनुसार बाढी आएपछि दौडन नसकेर उनलाई बगाएको हो ।

उनीसँगै घट्ट गएका मुनसोभा बोहरा र जसकला रावत भने भागेर बाँच्न सफल भएका छन् । बाढीले बगाएर ज्यान गुमाएकी महिलाको शव भेटिएर दाहसंस्कार गरिएको वडाध्यक्ष बोहराले जानकारी दिए ।

बाढीले अहिलेसम्म करिब ६ वटा घट्ट, २० वटाभन्दा बढी चौपाया र एक हेक्टरभन्दा बढी बालीनाली र जग्गामा क्षति पुर्याएको वडाध्यक्ष बहोराले जानकारी दिए । बाढीले वडा नम्बर २ र ३ जोड्ने काठेपुल बगाउँदा आवतजावत गर्न कठिनाइ भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको