२ कार्तिक २०७८, मंगलवार

लेखराज, प्रभु, टोपबहादुर र गौरीशंकरको मुद्दा न्यायाधीश कार्कीको बेञ्चमा



१४ साउन, काठमाडौं । माओवादी केन्द्रबाट सांसद बनेका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । सांसद पदमा पुनर्बहाली माग गर्दै पूर्व माओवादी केन्द्रका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

चारै नेताको मुद्दा न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको छ । चारै नेताले सांसद् पदमा पुनर्बहालीको माग गरेका छन् ।

उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरूको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने जिकिर गरेका छन् ।

फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । त्यसपछि माओवादीले पार्टीको विधान विपरीत अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत चैत २४ गते कारबाही गरेको थियो ।

माओवादी केन्द्रले आफूहरूलाई दल त्याग गरेको आधारमा कारबाही गरेपनि आफूहरूले दल त्याग नगरेको चार नेताले जिकिर गरेका छन् । भट्ट कैलाली क्षेत्र नम्बर–४, रायमाझी अर्घाखाँची, साह रौतहट–३ र चौधरी कैलाली–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको