२ कार्तिक २०७८, मंगलवार

कक्षा १२ को प्रश्नपत्र अनलाइनबाट पठाइदै




१४ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको प्रश्नपत्र अनलाइन माध्यमबाटै पठाउने भएको छ । कोरोना महामारीका कारण प्रश्नपत्रको हार्डकपी पठाउन असहज हुने भएकोले अनलाइन विधि रोजिएको बोर्डले जनाएको छ ।

परीक्षा बोर्डको तथ्यांकअनुसार हाल परीक्षा सञ्चालन हुने करीब १० प्रतिशत विद्यालयमा अनलाइन विधिबाट प्रश्नपत्र निकाल्न सक्ने अवस्था नरहेको अध्यक्ष चन्द्रमणी पौडेलले शिलापत्रलाई बताए । ‘परीक्षा सञ्चालन गर्ने विद्यालयमध्ये १० प्रतिशतमा अनलाइनको सहज पहुँच छैन भन्ने बुझिएको छ,’ उनले भने, ‘ती विद्यालयमा हामीले हार्डकपी नै पुर्‍याउने व्यवस्था गरेका छौँ ।’

कोरोना महामारीलाई मध्यनजर गरी गतवर्ष जस्तै यसवर्ष पनि होमसेन्टर मै कक्षा १२ को परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ । परीक्षा यही साउन ३१ देखि भदौ ९ गतेसम्म चल्नेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको