२ कार्तिक २०७८, मंगलवार

दैलेखबाट हेलिकप्टरमार्फत सुत्केरीको उद्धार




१३ साउन, दैलेख । नेपाली सेनाको हेलिकप्टरमार्फत दैलेखमा एक सुत्केरी महिलाको उद्धार गरिएको छ । आठबीस नगरपालिका–९ को दुर्गम गाउँ छेपाडीकी २५ बर्षीया जुना विकको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत ल्याइएको हो ।

मंगलबार दिउँसो घरमा सामान्य अवस्थामा सुत्केरी भएकी बिकको अत्याधिक रक्तश्राव भएपछि थप उपचारका लागि सुर्खेत ल्याएइएको हो ।

मंगलवार दिउँसो ४ बजेदेखि अत्यधिक रक्तस्राव भएर सिकिस्त बनेकी जुनाको बुधवार बिहान १० बजे तिर उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको