३ कार्तिक २०७८, बुधबार

ज्याला नपाएको भन्दै मजदुरले गरे विद्यालयमा तालाबन्दी




१३, साउन, सल्यान । ज्याला नपाएको भन्दै मजदुरले बागचौर नगरपालिका–९ कुइयापानीस्थित श्री सूर्य आधारभूत विद्यालयमा तालाबन्दी गरेका छन् ।

विद्यालयको दुई कोठे भवन निमार्ण गरेको ज्याला नपाएपछि तालाबन्दी गरेको नरबहादुर डाँगीले बताए । भवन निमार्ण गर्ने सात मदजुरले ७५ दिनको ज्याला नपाएको उनका भनाइ छ ।

उनले भने‚ ‘पैसा माग्दा निर्माण समितिले विद्यालय व्यवस्थापन समितिलाई देखाउने, समितिलाई भन्दा निर्माण समितिलाई देखाएर हाम्रो पैसा दिन आनाकानी भइरहेको छ ।’

निर्माण समितिका अध्यक्ष प्रेमबहादुर डाँगीले पूर्वाधार कार्यालय सल्यानको १५ लाख रुपैयाँको बजेटमा निर्माण भएको भवनको १२ लाख ३ हजार मात्र भुक्तानी भएको र भुक्तानी भएको रकम पनि भवन बनाउँदा आफ्नो पैसा परेको भन्दै व्यवस्थापन समितिका अध्यक्षले लगेपछि समस्या भएको बताए । उनले भने‚ ‘व्यवस्थापन समितिका अध्यक्षले मेरो पनि पैसा परेको छ भन्दै पैसा लगेपछि मजदुरलाई मैले कहाँबाट पैसा दिने ?’

व्यवस्थापन समितिका अध्यक्ष कालीबहादुर भण्डारीले भने रकम विद्यालयको खातामा नभई निर्माण समितिको खातामा आएको र १५ लाखको बजेटमा १७ लाखको काम गरेको त्यो पनि गुणस्तरिय नभएको भन्दै पूर्वाधार कार्यालय १२ लाख मात्र भुक्तानी गरेको बताउँछन् । पूर्वाधार कार्यालयले निर्माण समितिको खातामा पैसा हालेकाले विद्यालयमा तालाबन्दी गर्नुको कुनै अर्थ नरहेको भण्डारीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको