२ कार्तिक २०७८, मंगलवार

गोरखामा छोरीहरूले कपाल खौरिएर गरे आमाको काजक्रिया



१२ साउन, गोरखा । गोरखा जिल्लामा छोरीहरूले कपाल खौरेर आमाको काजक्रिया गरेका छन् । गोरखा जिल्लाको देउराली निवासी इन्दिरा नरालको मृत्यु पछि छोरीहरूले हिन्दु परम्परा अनुसार काजक्रिया गरेका हुन् ।

दिवङ्गत इन्दिरा नरालका ३ जना छोरीहरू अर्चना, अर्पना र आशिका मध्य २ जनाले छोराले झैं कपाल खौरिएर आमाको क्रिया सम्पन्न गरेका हुन् । छोराछोरीको बीच लैङ्गिक रूपमा हुने विभेद अन्त्य गर्न यस्ता कदमहरू महत्वपूर्ण भूमिका खेल्नेछ ।

यस खालको पहल कदमीले छोरी र छोरा यदि बराबर हुन् भने उनीहरूको कर्तव्य पनि त समान हो भन्ने सन्देश समेत दिएको छ । यो पहल रुढिवादमा ग्रस्त पितृसत्तात्मक समाजका लागि ठुलो भड्का पनि हो ।

तस्बिरः Routine of Nepal banda


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको