५ कार्तिक २०७८, शुक्रबार

कालीकोट प्रहरीद्वारा विजय शाही सकुशल रहेको जानकारी



१२ साउन, कालीकोट । सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृत्यु भएको खबर सार्वजनिक भएपछि प्रहरीले खोजविन गरेको छ । त्यसक्रममा उनी कालिकोटमा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार उनी सकुशल रहेको जानकारी दिएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शाहीबारे फेसबुकमा आएको सामग्री झुठो रहेको खुलेको छ । उनले भने, ‘फेसबुकमा आएको पोष्टबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

कालिकोटका प्रहरी प्रमुख डीएसपी चक्रबहादुर शाहले शाही महावै गाउँपालिकास्थित घरमै आराम गरिरहेको बताए । उनले भने, ‘उहाँले आफू विरामी भएको बताउनु भएको छ ।’

शाही निकट व्यक्तिहरुले नै मृत्यु भएको भन्दै सामग्री पोष्ट गर्नुको कारणबारे पनि प्रहरीले खोजी थालेको छ ।

आफूलाई चर्चामा ल्याउन उनले ‘मेमोरी किङ’ भएको दाबी गर्ने गरेका थिए । तर उनी झुठो भएको सार्वजनिक भएसँगै शाही काठमाडौंबाट भागेका थिए । उनीमाथि ठगीको आरोप लागे पनि प्रहरीमा औपचारिक उजुरी परिसकेको छैन ।

केही समय अगाडी उनी बाँकेमा मृत्यु भएको खबर आएको थियो । बाँके प्रहरीले उनको बिषयमा कुनै जानकारी नभएको बताएको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको