३ कार्तिक २०७८, बुधबार

अक्सिजन बोकेको मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु




१२ साउन, काठमाडौं । अक्सिजन बोकेर नेपालगंजबाट जुम्ला जादैँ गरेको मिनि ट्रक कर्णाली राजमार्ग अन्र्तगतको कालिकोटको शुभकालिका–१ को एसमोडमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

ना ७ ख ९५१६ नम्वरको मिनि ट्रक दुर्घटना भएको प्रहरी निरीक्षक भुपेन्द्र्र्र शाहीले बताए । ‘स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाका लागि अक्सिजन सिलिन्डर बोकेर आएको मिनि ट्रक दुर्घटना भएको हो ।’ उनले भने,‘मिनि ट्रक कर्णाली नदीमा खसेको छ ।’

दुर्घटनामा परि चालक बाजुरा घर भएका ३२ बर्षीया रमेश शाही घटनास्थलमै मृत्यु भएको मृतक एक जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान र उद्दारका लागि घटनास्थलमा प्रहरी खटिएको प्रहरी निरीक्षक शाहीले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको