२ कार्तिक २०७८, मंगलवार

लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख नियुक्त




१२ साउन, काठमाडौं । सरकारले दुईवटा प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशमा माओवादीको सिफारिसमा अमिक शेरचन र गण्डकीमा कांग्रेसको सिफारिसमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

माओवादी नेता शेरचन यसअघि गण्डकी प्रदेशका प्रमुख थिए । माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले उनलाई गण्डकीमै प्रमुखमा रुपमा दोहोर्‍याउने गरि सिफारिस गरेको थियो । तर माओवादीको सिफारिस संविधानसँग बाझिएपछि उनलाई गण्डकीबाट लुम्बिनी लगिएको हो ।

शेरचनलाई गण्डकीमा दोहोर्‍याउन संविधान अनुसार नमिलेपछि त्यसलाई सच्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्यसचिव शंकरदास वैरागीसहित विज्ञलाई बालुवाटार बोलाएका थिए । गण्डकी प्रदेश प्रमुख नियुक्तिको सिफारिस असंवैधानिक भएपछि प्रधानमन्त्रीले छलफल गरेर शेरचनलाई लुम्बिनी र गुरुङलाई गण्डकीमा राख्ने निर्णय लिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको