२ कार्तिक २०७८, मंगलवार

कालिकोटको कोटवाडादेखि मान्म जोड्ने केवुलकार संम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक




१२ साउन, सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिका–१ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म जोड्ने केवुलकारको संम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले कालिकोटका नौ वटै स्थानीय तहका प्रतिनीधि, कर्णाली प्रदेश योजना आयोग र कर्णाली प्रदेशका मन्त्रीहरुका बीच संम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक गरिएको हो ।

कर्णाली प्रदेश सरकार आर्थिक वर्ष २०७८/७९ को निति तथा कार्यक्रममा कालिकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म केवुलकार बनाउने लक्ष्य राखेको छ ।

नरहरिनाथ गाउँपालिका–१ कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म केवुलकार बनाउनका लागि ९४ करोड ४९ लाख ९ सय १५ रुपैयाँ लागत लाग्ने कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा.सर्पराज खड्काले जानकारी दिए । ‘यसको लम्बाई २ हजार १ सय ३४ मिटर र उचाई ८ सय २९ मिटर हुनेछ ।’ उनले भने,‘प्रति सेकेन्ड ८ मिटर दर कुद्ने र एक घण्टामा २ सय जनाले वारपार गर्न सक्नेछन् ।’

नरहरिनाथ गाउँपालिका–१ कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्मसम्म केवुलकारमा पुग्नका लागि १० मिनेटको समय लाग्ने डा. खड्काको भनाई रहेको छ ।

कर्णाली प्रदेश सरकार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन प्रर्वद्धन, आवागमन र आर्थिक विकासका गतिविधिहरुलाई टेवा पुग्ने कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को निति तथा कार्यक्रममा कालिकोटको कोटवाडादेखि मान्मसम्म केवुलकार, सुर्खेत–सिद्धपाइला र मुगुको रारा–मुर्माटप लगायतका स्थानहरुमा केवलकारको निर्माणको संम्भाव्यता अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडी बढाइने लक्ष्य राखेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए ।

कालिकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा विमानस्थल बन्दै गरेको त्यो काम अन्तिम चरणमा रहेकाले विमानस्थल नियमित गर्नका लागि पनि केवलकार आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए । ‘केवुलकार संचालनमा आएपछि नागरिकले यातायातको सेवा पाउनुका साथै पर्यटन क्षेत्रको विकास प्रर्वद्धन हुनेछ ।’ उनले भने,‘कोटवाडामा विमानस्थल बन्दैछ । त्यहाँबाट आउजाउ गर्नका लागि केवुलकारबाट सहज हुनेछ ।’

नरहरिनाथ गाउँपालिका–१ कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्मसम्म केवुलकार संचालन आएका त्यहाँका नागरिकहरुको आर्थिक अवस्था परिवर्तन आउने कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधारमन्त्री अम्मरबहादुर थापाले बताए । ‘केवुलकार बनेमा पर्यटन क्षेत्र चलायमान हुन्छ । पर्यटन क्षेत्रबाटबाट त्यहाँका नागरिकहरुले आर्थिक लाभ लिन सक्छन् ।’ उनले भने,‘चालु आर्थिक वर्षबाट नै केवुलकारको निर्माण प्रक्रिया अगाडी बढाइने छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको