२ कार्तिक २०७८, मंगलवार

देउवा सरकार पनि गफाडी हुने चिन्ता भयोः सांसद गजेन्द्र महत



१२ साउन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले वर्तमान देउवाको यो सरकार पनि गफाडी हुने चिन्ता भएको बताएका छन् । यसभन्दा पहिलाको गफाडी सरकार हटाएको अहिलेको सरकार पनि बढी गफाडी हुन खोजेको बताएका हुन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा आफ्नो धारणा राख्दै महतले गरिबलाई निःशुल्क बिजुली उपलब्ध गराउने उर्जा मन्त्री पम्फा भूषालको अभिव्यक्तिप्रति संकेत गर्दै वर्तमान सरकार पनि गफाडी भएकोमा चिन्ता व्यक्त गरेका हुन् । ‘समाचारमा सुनिन्छ हाम्रो मन्त्रीज्यूले गरिबहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने भन्नुभएछ । झट्ट हेर्दा यो शब्द लोकप्रिय जस्तो लाग्छ । कालान्तरमा यो जिब्रोको पासो हुन्छ’ महतले भने, ‘भर्खरै हामीले एउटा गफाडी सरकारलाई बिदा गरेका छौं । अब यो सरकार पनि गफाडी हुने हो कि मलाई चिन्ता लागिरहेको छ ।’

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री भुषालले सोमबार गरिबलाई निःशुल्क बिजुली उपलब्ध गराउने तयारी गरेको बताएकी थिइन् ।

मन्त्रीहरुको यस्तै अभिव्यक्तिले आफूहरुले सांसदको लोगो लुकाएर हिँड्नुपरेको उनले गुनासो गरे ।

‘खनखन पैसा दिउँला हामीलाई बत्ती चाहियो भन्दा त कर्णालीमा बत्ती पुर्‍याउन सकेको छैन भने निःशुल्क बत्तीको कुरा नगर्दा राम्रो हुन्छ’, महतले थपे, ‘किनभने भुतले खाजा खाने बेला हामी माननीय भएछौँ । मन्त्री र सरकारले गर्दा सांसदको लोगो लुकाएर हिँड्नुपरेको छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको