३१ आश्विन २०७८, आईतवार

कोरोना महामारीले विद्यार्थीमा मनोवैज्ञानिक असर




१२ साउन, सुर्खेत । विद्यालयमा अध्यायन गर्ने बालबालिकालाई कोरोना महामारीका कारणले मनोवैज्ञानिक रुपमा असर परेको शिक्षा सरोकारवाला निकायहरुले बताएका छन् । दिगो विकास लक्ष्य–४ (गुणस्तर शिक्षा) स्थानीयकरण र संस्थागत गर्न लेकबेशी नगरपालिका सुर्खेतसँग युनेस्कोको सहकार्यमा कर्णाली फाउण्डेसनले गरेको भर्चुअल गोष्ठीमा सरोकारवाला निकायले बालबालिकामा अहिले कोरोना महामारीका कारणले घरमा नै बस्नु परेका कारणले मनौवैज्ञानिक असर परेको बताए हुन् ।

कोरोनाका कारणले अहिले विद्यार्थी घरमा नै रहेका उनी विद्यालयमा जान नपाएका विद्यार्थीहरु इन्टरनेटमा बस्ने गरेको र इन्टरनेट पहुँच नहुने ठाउँमा विद्यार्थीहरु अहिले गोठालो तथा मेलापात गर्ने भएका कारणले मनोवैज्ञानिक असर परेको उनीहरुलाई मनोेवैज्ञानिक शिक्षाको आवश्यकता रहेको सामाजिक विकास मन्त्रालय प्रशासन तथा योजना अनुगमन महाशाखा प्रमुख विष्णुप्रसाद अधिकारीले बताए । ‘कोरोना महामारीका कारणले बालबालिका मनोवैज्ञानिक शिक्षा आवश्यकता रहेको छ ।’ उनले भने,‘त्यसका लागि कर्णाली शैक्षिक सुधार गर्न ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।’

सबै सामुदायिक विद्यालय तथा संस्थागत विद्यालय कोरोना महामारीका कारणले चल्न नसक्दा अहिले विद्यालय संचालन नभएको अवस्थामा विद्यार्थीको घरमा पुस्तक बाड्ने उनीहरुलाई पढ्नका लागि सहजीकरण गर्ने गरि सुर्खेत लेकबेसी नगरपालिकाका प्रमुख गगन सुनारले बताए । ‘शिक्षा क्षेत्रलाई कोरोना महामारी बीचमा कसरी संचालन गर्ने भन्ने अन्यौलता कायमै रहेको छ । यसका लागि अहिले शिक्षक, अभिभावक, विद्यार्थी अन्यौलता नै रहेको छ ।’ उनले भने,‘दुई वर्षदेखि विद्यालय संचालन नहुँदा अहिले विद्यार्थीमा मनोवैज्ञानिक असर परेको छ ।’

कर्णालीमा प्राथमिक तहमा कूल भर्ना दर ९६.५ प्रतिशत रहेको त्यसमध्ये अनुतीर्ण १५ प्रतिशत, सिकाइ उपलव्धी ४५ प्रतिशत, १० प्रतिशतले कक्षा दोहोराउने र ५ प्रतिशतले वालवालिकाले कक्षा छाड्ने गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

निम्न माध्यमिक तहमा भर्ना दर ८५ प्रतिशत रहेको त्यसमध्ये अनुतीर्ण वालवालिकाको दर १० प्रतिशत, ५ प्रतिशतले कक्षा दोहोराउने र ५ प्रतिशतले कक्षा छाड्ने गरेको, सिकाइ उपलव्धी ४० प्रतिशत रहेको सामाजिक शिक्षक विध्यार्थी अनुपात ८९ रहेको सामाजिक विकास मन्त्रालय प्रशासन तथा योजना अनुगमन महाशाखा प्रमुख अधिकारीले जानकारी दिए । त्यस्तै, माध्यमिक तहमा भर्ना दर ५६ प्रतिशत अनुतीर्ण वालवालिकाको दर १० प्रतिशत, ३ प्रतिशतले कक्षा दोहोराउने र ६ प्रतिशतले कक्षा छाड्ने गरेको छन् ।

स्थानीय तहले शिक्षा निती र ऐन नबनेका कारणले समस्या रहेको र अहिले स्कुल अनुमति पाएर दरबन्दी नभएका कारणले शिक्षक नहुँदा पढाईमा समस्या भएको हिमालय माध्यामिक विद्यालय रुकुमपश्चिम प्रधानाध्यापक भीमबहादुर वली बताए । ‘स्थानीय तहले आधा तलवमा शिक्षक राखेको छ ।’ उनले भने,‘शिक्षा निति दिगो लक्ष्यमा २० प्रतिशत रकम लगानी गर्नु भनेको भए पनि कर्णाली प्रदेश सरकारले २ प्रतिशत रकम लगानी गरेको छ ।’

सरकारले शिक्षा नै पहिलो प्राथमिकता राखेको भएपनि अहिले पनि २०२८ सालको शिक्षा ऐनले नै काम गरिरहेको नेपाल शिक्षक महासंघ लेकबेसी नगरपालिका सुर्खेत अध्यक्ष तेजप्रसाद पंज्ञाली बताए । ‘गुणस्तरीय शिक्षाका लागि कुनै विद्यालयमा शिक्षक रहेका छैनन् । कति दरबन्दी आवश्यकता रहेको छ ।’ उनले भने,‘एकद्वार प्रर्णालीबाट शिक्षक दरबन्दी बनाउन पर्छ । अहिले कोरोना महामारीका कारणले शिक्षक विद्यार्थी घरमा थुनिएका छन् ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको