५ कार्तिक २०७८, शुक्रबार

मानसिक हिंसा न कसैले देख्न सक्छ, न अनुभुति नै गर्ने सक्छ


रीता भण्डारी
१२ श्रावण २०७८, मंगलवार

मानसिक हिंसा सबैभन्दा बढी दर्दनाक हिंसा हो । धेरै मान्छेहरूको बुझाईमा यौन हिंसा मात्र महिला हिंसा हो भन्ने भम्र छ तर यौन हिंसा त आम मान्छेले बुझ्न सक्ने र बुझाउन सकिने हिंसा हो । मानसिक हिंसा न त कसैले देख्न सक्छ, न अनुभब नै गर्न सक्छ कि ठ्याक्कै कस्तो अनुभुती भैइरहेको छ भनेर । हाम्रो घर घरमा कुनै न कुनै हिंसा छ । उसले परिवार आफ्नो मान्छेको इज्जत, बा–आमाको इज्जतमा मेरो कारणले दाग लाग्छ कि भनी सहेर बस्नुको विकल्प छैन । हाम्रो समाजमा दिनानु दिन बिकराल बनेको छ यो समस्या । तर यसमा न सरकारको ध्यानाकर्षण भएको छ न जान्नेमान्ने बुर्जुक जस्ले महिलाको विषयमा पाँच तारे होटेलबाट समस्याहरू हेरेर मुल्यांकन गरी त्यसलाई कार्यान्वयन गर्न निर्देशन दिने गर्छ्न ।

महिलाका समस्या बुझ्न परेको छैन सरकारले । ३ बर्ष बितिसक्यो निर्मलाले अझ न्याय पाएकी छैनन । चितवनको सुस्मिताको राम्रोसँग छानबिन भएको छैन । कलेजबाट घर कति बेला आउछिन छोरी भनेर आमा अझ दलिनमा बसेर बाटो हेरिरहेकी छिन्,आफ्नै ससुरा, सहकर्मी, बिश्वासिलो साथीबाट पनि आज छोरी सुरक्षित छैनन् । यी सम्पुर्ण चेली त उदाहरणका पात्र मात्र हुन् । समाजमा यस्ता घटना दिनानुदिन घटिरहेका छन तर सरकारले यसको बारेमा विशेष झुकाब राखी कार्य गर्नु पर्ने देखिन्छ ।

के बितेको छ होला यी सम्पुर्ण चेलिहरूका बाबा आमा अनि सम्पुर्ण परिवारहरूमा कहिले सोच्नु भएको छ ? हामी हाम्रो बच्चा केही समय घर फर्कन ढिला भयो भने फोन उठेन भने कति छट्पटिन्छौ बिचरा कहिल्यै नफर्निने गरेर गएका ती अवोध नारीहरु जसको हत्यारा समेत आजसम्म पत्ता लगाउन नसक्नु पत्ता लागेका हत्यारालाई पनि कडा कारबाही हुन नसक्नु आफै मा लाजमर्दो कुरा हो ।

लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान मनाइन्छ विभिन्न किसिमका नाराहरु बनाइन्छ कति कार्यान्वयन हुन्छन कति कागज मै सिमित हुन्छ्न । जति कार्यान्वयन हुन्छ्न ती सबै शहर केन्द्रित हुने गर्छन् । शहरमा महिला हिंसाका नारा घन्किरहेको हुन्छ उता गाउँमा धेरै नारीले हिंसाकै कारण देह त्याग गरिरहेका हुन्छ्न ।

हरेक वर्ष संसारभर नै लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान मनाइन्छ विभिन्न किसिमका नाराहरु बनाइन्छ कति कार्यान्वयन हुन्छन कति कागज मै सिमित हुन्छ्न । जति कार्यान्वयन हुन्छ्न ती सबै शहर केन्द्रित हुने गर्छन् । शहरमा महिला हिंसाका नारा घन्किरहेको हुन्छ उता गाउँमा धेरै नारीले हिंसाकै कारण देह त्याग गरिरहेका हुन्छ्न । त्यसैले महिला हिंसाको अन्त्य नारामा मात्र सिमित नभई यसको कार्यान्वयन विश्वब्यापीकरण गर्नु पर्ने, हर समय हरदिन समाज देश देखि अन्तर्रास्ट्रिय स्तरसम्म महिला हिंसाको अन्त्य गर्ने सबैले सदैब अठोट गर्नुपर्ने देखिन्छ ।

महिला भएकै कारण भोग्नुपर्ने मानसिक तनाब, विभेद, पिडा, छ्ट्पटाहटको परिणामस्वरूप महिला माथी हुने हिंसाले निरन्तरता पाएको छ । लैङ्गिकताकै कारण महिलाले हरेक पिडा सहनु पर्छ भन्ने छैन । उसको मनमा लागेका कुरा बिना हिच्किचावट बोल्न पाउनु पर्छ । छालाको रङ्गको कारण, धनसम्पत्तिको (दाईजो) कारण कम पढेको कारण त पछिल्लो समयमा परिवारमा बढी पढेलेखेका कारण महिलाले मानसिक यातना भोगेका छन् । कसरी आफ्नो करिअर कसरी बनाउने भन्ने तनाबका बाबजुत अझ बढी मानसिक पिडा थपिदिएको हुन्छ परिवारले अनि समाजले ।

यसलाई सुधार गर्नको लागि ऐन, कानुनका ठेली मात्र भएर, बनाएर पुग्दैन । सामाजिक सोचमा आमूल परिवर्तन ल्याउनु जरुरी देखिन्छ । हाम्रो जस्तो पृतिसत्तात्मक सोंचको बाहुल्यता भएको समाजमा सिमान्तकृत बर्गले त्यसमा पनि महिला बर्गलाई आफनो स्वेच्छाले जीवनशैली व्यतित गर्न, आफ्नो हक सुनिश्चित गर्न अझै केही समय कडा मेहनत गर्नु पर्ने देखिन्छ ।

परम्परागत र पृतिसत्तात्मक सोंच अझै देशको कुनाकाप्चामा रहेकाले कानुनको सहायता लिएर आफ्नो हक अधिकार सुनिश्चित गर्न हरेक नेपाली किशोरी र हरेक महिलालाई अझ धेरै सघर्ष र कठोर तपस्या नै गर्नु पर्ने देखिन्छ । महिला हिंसा जब देखा पर्छ, त्यसमा मानसिक पिडा, यातना छटपटाहट हुने गर्दछ । यसलाई सुधार गर्नको लागि ऐन, कानुनका ठेली मात्र भएर, बनाएर पुग्दैन । सामाजिक सोचमा आमूल परिवर्तन ल्याउनु जरुरी देखिन्छ । हाम्रो जस्तो पृतिसत्तात्मक सोंचको बाहुल्यता भएको समाजमा सिमान्तकृत बर्गले त्यसमा पनि महिला बर्गलाई आफनो स्वेच्छाले जीवनशैली व्यतित गर्न, आफ्नो हक सुनिश्चित गर्न अझै केही समय कडा मेहनत गर्नु पर्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको