२ कार्तिक २०७८, मंगलवार

धारिलो हतियार प्रयोग गरि महिलाको हत्या




१२, साउन, सुर्खेत । रुकुम पश्चिममा गए राती एक महिलाको हत्या भएको छ । त्रिबेणि गाउँपालिका– ४ छहरेकी अन्दाजी २६ वर्षीया मनिसा खड्काको हत्या भएको हो ।

भैसीलाई घास हाल्न घर बाहिर निस्केको बेला धारिलो हतियार प्रयोग गरि हत्या भएको स्थानीयबासीले बताएका छन् ।

हत्याका बिषयमा प्रहरीले घटनास्थल अनुसन्धान गरिरहेको रुकुम पश्चिमका प्रहरी प्रमुख ध्रुबकुमार श्रेष्ठले जानकारी दिए । ‘हत्यामा कसको संलग्नता अहिलेसम्म केही खुलेको छैन ।’ उनले भने,‘घटना अनुसन्धान म आफैँ पुगेर गरिरहेको छु ।’

मृतकको श्रीमान वैदेशिक रोजगारीमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको